एसईईको प्रश्नपत्र ‘आउट’ गर्ने २ प्रहरी सहित ६ जना सार्वजनिक

काठमाडौं । प्रदेश २ मा एसइईको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चैत १४ गते हुने विज्ञान विषयको प्रश्नपत्र दुई दिनअघि नै आउट भएको थियो। त्यस्तै चैत १५ गते हुने सामाजिक विषयको प्रश्नपत्र पनि एक दिनअघि नै बाहिरिएको थियो।

प्रश्नपत्र आउट भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र स्थानीय प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरी संलग्नलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव छन्।

ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन् भने मनोज शिक्षक हुन् । विष्णुदेवले आफ्ना भाइ ब्रह्मदेवमार्फत उक्त प्रश्नपत्र आउट गरेको अनुस्न्धानबाट खुलेको प्रहरीले जनाएको छ।