कोरोनाको औषधी भन्दै मादक पदार्थ सेवन गरी सवारी हाँक्ने चालक ढुङ्गेअड्डाबाट पक्राउ

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले दिउँसै मापसे र नसालू पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरी नगरपालिका नागढुंगाबाट कलंकी तर्फ ना ५ ख ४३१ नम्बरको कन्टेनर ट्रक लापरबाहीपुर्वक चलाई च.न.पा. वडा नं.११ सिप्रदी स्थित बल्खु पुलमा ठक्कर दिई दुर्घटना गराई फरार रहेका जिल्ला धादिङ धुनिवेशी न.पा. वडा नं. ०८ बस्ने बर्ष ३७ को राम बहादुर तामाङलाई थानकोट वृत्तबाट खटिएको प्रहरी अधिकृत समेतको टोलिले उक्त ट्रकको पिछा गरी चन्द्रागिरि नगरपालिका वडा १५ स्तिथ ढुङ्गेअड्डाबाट पक्राउ गरीएको छ । दुर्घटनाको कारण सिप्रदी स्थित पुलमा तथा उक्त ट्रकको बायाँ भागमा सामान्य क्षति पुगेको छ ।

प्रारम्भिक सोधपुछको क्रममा निज चालक राम बहादुर तामाङले कोरोनाको औषधी हुने भ्रममा मादक पदार्थ सेवन गरेको बताएका छन् । निज उपर मुलुकी अपराध संहिता २०७५ बमोजिम थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जनाएको छ।