खैराे हिराेन सहित नागढुङ्गामा एक समातिए ।

४ वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगरपालीका –कालिनचाेक ८ का २० वर्षीय प्रतिक उपाध्याय छन् । उनलाई दैलेख वाट काठमाडौ अाउदै गरेकाे ना ४ ख ७७१५ नम्बरको यात्रुवाहक वस चेक जाचकाे क्रममा नागढुङ्गा वाट ९ ग्राम प्रतिबन्धित लागूऔषध खैराे हिराेईन व्राउन सुगर सहित नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले वताए । उपाध्यायलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट राखिएको छ । प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार उनलाई लागुअाैषध एेन अन्तर्गत मुद्दा चलाईने वताए ।