नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ ।

रोशन दानी ,काठमाडौ / २१ असार ,

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नम्बरको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पाैडेल वताए ।

प्रहरी उनिहरू विरूध लागुअाैषध एन अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएकाे छ ।