नागढुङ्गामा २ लाख ६६ हजार थान पटाका सहित पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुंगाद्वारा चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा चेकजाँचको क्रममा महेन्द्रगनरबाट काठमाण्डौ आईरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा उक्त यात्रुबाहक बसको सिटहरू मुनि लुकाई छिपाई ल्याएको अवस्थामा १० बोरा पटाका बरामद गरीएको छ ।
उक्त बसमा ल्याईएको १० वटा बोरामा २ लाख ६६ हजार थान पटका फेला परेको हो । अनुसन्धानको क्रममा तत्काल उक्त बसका चालक जिल्ला कन्चनपुर भिमदत्त न.पा वडा नं. ४ घर हुने बर्ष ३० को नबिन जोशीलाई पक्राउ गरीएको छ ।
चेकप्वाईन्टबाट बिष्फोटक पदार्थ पटाका सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महेन्द्रनगरबाट काठमाण्डौँ आउँदै गरेको उक्त ना ७ ख ४५५ नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसको खाली भाग तथा यात्रु बस्ने सिट मुनी १० (दश) ओटा बोरामा लुकाई छिपाई ल्याएको खुर्सानी पटाका जम्मा २६६,०००।- (दुई लाख छैसाठी हजार) थान फेला परेको हो ।
उक्त पटका तिहार पर्वलाई लक्षित गरी काठमाण्डौ उपत्यकामा बिक्री वितरण गर्न महेन्द्रनगरबाट ल्याईएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । बरामद भएको पटकाको अवैध बजार मुल्य अन्दाजि रू १३ लाख ३० हजार रूपैया रहेको छ ।
यस सम्बन्धमा महानगरीय प्रहरी कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भईरहेको छ ।