नागढुङ्गावाट १ के.जी १०० ग्राम चरेश सहित तामाङ पक्राउ

काठमाडौं २१ पौष ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले १ केजी सय ग्राम चरेश सहित सुरेश तामाङलाई प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरी प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेक जाँच गर्दै गर्दा १ केजी सय ग्राम चरेश सहित प्रकाउ गरेको हो ।

धादिङबाट काठमाण्डौ तर्फ आइरहेको बा ४ ख ४४५४नम्वरको यात्रुबाहक बसलाइ बिशेष सुचनाको आधारमा चेकजांच गर्दै गर्दा उक्त बसमा यात्रा गरि आएका जिल्ला धादिङ्ग गजुरी ८ का सुरेश तामाङलाई प्रकाउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

थानकोट वृत्तका प्रमुख थापाको अनुसार प्रकाउ परेका तामाङलाई थप अनुसन्धानमा राखि आवश्यक कारवाही भईरहेको जानकारी दिए ।