प्रहरीद्वारा लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई काठमाण्डौ चन्द्रगिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने वर्ष ३५ को नवराज बुढा रहेका छन् ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो धुलो २० ग्राम र  डाईजोपाम, नुरफिन र फेनारागन गरी जम्मा २०३ एम्पुल बरामद गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । चन्द्रागिरी नगरपालिका १ सृजना चोकमा चेकजाँचका क्रममा बुढा पक्राउ परेका हुन् । बलम्बु र नागढुङ्गा क्षेत्रमा दैनिकजसो लागुऔषधसहित पक्राउ पर्दै आएका छन् ।