भारीमात्रामा नियन्त्रित लागुअाैषध सहित पाण्डे र भाेलन पक्राउ ।

काठमाडौं / १५ माघ ।
राजधानी मुख्य प्रवेश द्वार नागढुंगा नाकामा प्रहरीले भारीमात्रामा नियन्त्रित लागुअाैषध सहित दुई जनलाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काकाे नेतृत्वको टाेलीले चेक जाँचकाे गर्ने क्रममा छुटाछुटै यात्रुवाहक वसवाट नियन्त्रित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हाे ।

सर्लाहीबाट काठमाण्डौं तर्फ आउदै गरेको ना. ७ ख. ७०७३ नम्बरको यात्रु बाहक बसवाट जिल्ला महोत्तरी महोत्तरी गाउँ पालिका वडा नं.१ घर हुने वर्ष १९ को प्रबिण कुमार पाण्डे रहेका छन् । महानगरीय प्रहरी वृत्त थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पाण्डेकाे साथवाट झाेलामा लुकाई छिपाई ल्याएकाे प्रतिबन्धित (नाइट्राभेट १०) लेखिएको ६०० ट्याब्लेट सहित पक्राउ गरेकाे वताए ।

थानकोट प्रहरी वृत्तका प्रमुख थापका अनुसार बिरगन्जबाट काठमाण्डौं तर्फ आउदै गरेको ना. ७ ख. ५११३ नम्बरको यात्रु बाहक बस वाट चेक जाँचकै क्रममा जिल्ला मकवानपुर छतिवन गा.बि.स.वडा नं. ६ बस्ने बर्ष ३० को बिकाश भोलनलाई प्रतिबन्धित लागुअाैषध सहित पक्राउ गरेकाे वताए । उनकाे साथ वाट नुफिन ९० एम्पुल, डाईजेल्याब ९० एम्पुल र फेनरागन ९० एम्पुल गरि २७० एम्पुल फेला पारेको प्रहरीले जानकारी दिएकाे छ ।

महानगरीय वृत्त थानकाेटले पक्राउ गरिएका पाण्डे र भाेलनलाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएकाे छ। विगत केही महिना यता थानकाेट प्रहरीले दैनिक जसाे भारीमात्रामा नियन्त्रित लागुअाैषध पक्राउ गर्दै अाएकाे छ ।