मातातिर्थ स्थित कन्चनबस्तिमा १२ हजार ४ सय लिटर घरेलु मदिरा र कच्चापदार्थ नष्ट

चन्द्रागिरी,

महानगरिय प्रहरी प्रभाग बलम्बुले मातातिर्थ स्थित कन्चनबस्ति मा रहेका बिभिन्न घरहरुमा अबैध रुपमा उत्पादन गरि बिक्रिबितरण गर्नका लागि तयार घरेलु मदिरा र कच्चापदार्थ अं. १२ हजार ४ सय लिटर नष्ट गरेको छ ।

अबैध मदिराका कारण होहल्ला, झैझगडा ,घरेलु हिंसा, लगायतका बिभिन्न सामाजिक अपराधहरु घट्ने भएकाले ति सामाजिक अपराधहरुलाई नियन्त्रण गर्न र सुरक्षित र शान्तपुर्ण वातावरण कायम राख्नका लागि अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिईरहेको प्रहरीले बताएको छ ।