यातायात व्यवस्था कार्यालय गुर्जुधारावाट ८ जना बिचौलिया पक्राउ

२० असार, काठमाडौं । महागनरीय प्रहरी प्रभाग, बलम्बुले यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा सक्रिय बिचौलियाविरुद्ध फिल्टर अपरेशन थालेको छ ।

वृत्तकी प्रमुख शर्मिला गुरुङका अनुसार सेवाग्राहीलाई छिटो सेवा दिने भनेर रमक माग गरेर दुःख दिएको व्यापाक गुनासो आएपछि अपरेश चलाइएको हो ।

बलम्बु प्रहरीले यो अपरेशन अन्तगरत मंगलबार ८ जना विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिकाका कृष्णप्रसाद थपलिया, कलंकीका करिण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरको जावलाखेलका प्रकाश तन्डुकार, चन्द्रागिरीका अपार रिजाल, सातदोबाटोका कन्चन राई, रातोपुलका बालकृष्ण खत्री र इमाडोलका पवन तामाङ छन् ।

पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, थानकोट पठाइएको बुझिएको छ ।