लागुऔषध सहित नागढुंगामा चौधरी र सविर पक्राउ

काठमाण्डौ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

राजधानीको नाका नागढुंगामा प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको टोलीले चेक जाँचको क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले राजविराज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ७८७५ नम्बरको को यात्रु बाहक बस वाट जिल्ला सिराहा सितापुर गाउँपालिका वडा नं. ४ घर हुुने वर्ष २७ को विवेक चौधरीलाई लागुऔषध सहित पक्राउ परेको पुष्टि गरे ।

प्रहरीका अनुसार उनको साथवाट लागु औषध डाईजेल्याब ५६ एम्पल, फेनारगन ५८ एम्पल र नुफिन ५५ एम्पल फेला परेको छ । त्यस्तै धरान बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको को यात्रु बाहक बस वर्ष १९ को महम्मद सविर लागुऔषध सहित पक्राउ गरिएको छ । उनको साथवाट लागु औषध डाईजेल्याब १०० एम्पल, फेनारगन १०० एम्पल, नुफिन १०० एम्पल फेला परेको थानकोट प्रहरीले जनाएको छ ।