लागूऔषधसको नयाँ योजना विफल पार्दै थानकोट प्रहरी, समातिए २ भारतीय नागरिक

काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कंलकीबाट थानकोट तर्फ भारतीय नम्बर प्लेटको गाडीमा प्रतिबन्धित लागूऔषध ओसार पसार भईरहेको छ भन्ने सुचना थानकोट प्रहरीलाई प्राप्त भयो । करिव वेलुकाको समयमा वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर १ ए एच ६९०८ ईन्जिन नम्बर याफ १० डिएन ३२९६५८९ नं को भारतीय कार जाँचका क्रममा लागूऔषधसहित भारत विहार चम्पारणका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेपछि सो तथ्य फेला परेको हो ।

सो क्रममा महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो । महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन ।

वृत्तका प्रमुख थापाका अनुसार डाइजेपाम ६९५ एम्पुल ,नुर्फिन ६९६ एम्पुल र फेनार्गन ४९५ एम्पुल गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट स्यामसुङ्ग मोवाईल दुई थान नोकिया सादा सेट एक थान जीव लेखिएको सादा सेट, १ थान एनटिसि र भारतीय सिम एक थान वरामद गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूलाई लागुऔषध एेन अन्तर्गत मुद्दा चलाईने तयारी भईरहेको थानकोट प्रहरीले जनाएको छ ।