‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सार्थकता पार्दै वलम्वु प्रहरी ।

रोशन दानि
काठमाण्डौं ÷ ११ मंसिर
हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’भने नारा सहित सुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम चन्द्रागिरिमा फलदायी सावित हुदै गएको छ ।
स्थानिय स्तरमा सञ्चलित विकृति विसंगतीको विरुधको अभियानले जनस्तरमा प्रभाव पार्दे लगेको हो । सोही क्रममा प्रहरीलाई विकृति विसंगतीको विरुधमा सुचना दिनेको संख्यामा पनि वृद्धि आएको वलम्वु प्रहरीले वताएको छ ।
महानगरीय प्रहरी प्रभाग वलम्वुले नियन्त्रणमा लिएको अबैध स्थानिय घरेलु मदिरा १६ सय लिटर नष्ट गरेको छ ।
चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुमा रहेका बिभिन्न खाजा पसलमा बिक्री गर्नको लागि राखिएका अबैध स्थानिय घरेलु मदिरा स्थानिय जनप्रतिनीधि, पत्रकार, समाजसेवी, व्यवसायीहरुको रोहोबरमा नष्ट गरिएको महानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी प्रमुख प्रहरी निरिक्षक शंकर खड्काले वताए । निरिक्षक खड्काले समाजमा हुने विभिन्न आपराधीक घटनामा घरेलु मदिरा प्रमुख कारण वन्दै आएकोले तिव्र रुपमा अभियाननै सञ्चालन गर्दै लाने् वताए ।
मन्दिरा नष्ट अभियान कार्यक्रममा वोल्दै महानगरी प्रहरी वृत्तका प्रहरी नायव उपरीक्ष कुमार विक्रम थापाले राजधानी भित्रने मुख्य नाकामा अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था कायम गर्ने अभियानलाई सार्थकता प्रदान गर्न समुदायको महत्वपुर्ण भुमिका रहने वताए ।
अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले बताएको छ ।