समुदाय प्रहरी साझेदारीमा उत्कृष्ठ कार्य गर्नेहरुलाई महारीक्षक खनालवाट सम्मान प्रदान ।

काठमाण्डौं १ मसिर
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सञ्चारकर्मि तथा युवा समाज सेवी रोसन दानी सम्मानित गरेको छ ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित १४औं महानगरीय प्रहरी दिवस २०७६ को समापन कार्यक्रममा महानिरीक्षक खनालले दानीलाई सम्मान गरेका हुन् ।
सञ्चारकर्मी तथा समाजसेवी दानीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई स्वस्र्फुत र निस्वार्थ भावले साथ सहयोग र सहकार्य गरेको भन्दै उनलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा महानिरीक्षक खनालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रही प्रहरी परिचालनतर्फ उत्कृष्ट कार्य गर्ने महानगरीय नगर प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पवन भट्टराई,समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनतर्फ उत्कृष्ट कार्य गर्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्राविधिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्राविधिक प्रहरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी नायव उपरीक्ष भावना श्रेष्ठ उत्कृष्ट अनुसन्धानकर्ता,समुदायीक प्रहरी सेवा केन्द्र तथा नागरिक समाजको तर्फवाट सामुदायीक सेवा केन्द्र बानेश्वरका अध्यक्ष प्रा डा बाशुदेव त्रिपाटी समुदाय प्रहरी साझेदारी नागरिकको तर्फवाट तारावहादुर रानाभाट,ट्राफिक व्यवस्थापन तर्फ सहयोग गरेवापत तारावहादुर कुवँर , ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट ठहर भएका प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र सहित सम्मान गरिएको हो ।
प्रहरीको काममा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न संघसंस्था एवम् सामाजिक अभियन्ताहरूलाई सम्मान गरिएको छ। नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्र विवश भट्टलाई अमर प्रहरी सन्तती छात्रवृत्ति प्रदान गरिएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले इमानदार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानुन कार्यान्वयन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित १४औं महानगरीय प्रहरी दिवस २०७६ को समापन कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीले गर्नुपर्ने काम र जिम्मेवारीप्रति लगनशील भई कार्य गरे जुनसुकै घटना अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने दाबी गरे।
शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई समाजलाई भयरहित बनाउनु प्रहरीको महत्वपूर्ण कार्य रहेको भन्दै महानिरीक्षक खनालले त्यो कार्य इमान्दारीताका साथ पूरा गर्न निर्देशन दिए।
स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र नागरिक–प्रहरीबीचको साझेदारी थप मजबुत बनाउन प्रहरी अधिकृतलाई उनको सुझाव छ।