सुन तस्करहरूकाे नयाँ रूट : नागढुङ्गा प्रहरीले भत्काईदियाे । प्रहरी भन्छ याे त कास्टिङ मात्र हाे ।

राेसन दानी,
असार १८,

सुन तस्करहरूले राजधानीलाई मुख्य ट्रान्जित वनाएर सुन तस्कर गरिरहेकाे रहस्य वाहिरीएकाे छ ।

यसअघि दूबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएर तस्करीको सुन भारत जाने गरेको थियो ।

तर, अहिले विमास्थलमा कडार्इपछि तस्करहरुको समूहले यूएईबाट चीन हुँदै रसुवाकाे केरूङ्ग नाका भएर काठमाडौंसम्म सुन भित्र्याउने गरेको भेटिएको रहस्य बाहिर अाएकाे हाे । राजधानी भित्र सुन भित्राएपछि तस्कर र भरियाकाे सामान्य सेटिङमा स्थलमार्ग हुँदै भारतसम्म सुन पठाउने नागढुङ्गावाट थाहा हुन अाएकाे हाे ।

सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेकाे अनुमान गर्न सकिन्छ ।

राजधानी वाहिरिने मुख्य नाकामा सुन प्रक्राउ पछि अन्य नाकाहरू भने कसैकाे चासाे देखिएकाे छैन । हेटौंडा,काठमाडौ -सिन्धुली काठमाडौं रूटहरू तस्करका लागि सहज वाटाे वनिरहेकाे हुन सक्ने अनुमान साेत गर्न थालिएकाे छ यसमा प्रहरीको ध्यान पुग्न सकिरहेकाे छैन ।

काठमाडौंबाट बाहिरिने नागढुंगा नाकामा ट्याक्सीकाे एयरफिल्टरमा लुकाएर ल्याइएको ३ किलो सुन बरामद भएको भोलिपल्टै आइतबार राति बा ९५ प ८१६४ नम्बरको पल्सर मोटरसाइकलमा ल्याउँदै गरेको ६ किलो सुन बरामद भएसँगै तस्करीको नयाँ रुटको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ छन् । उनले बोकेको सुन यूएईबाट चीन हुँदै रसुवा नाकाबाट काठमाडौं आएको प्रहरी स्रोतको दाबी छ ।

नागढुङ्गा प्रहरीकाे कडा निगरानीमा र नागढुङ्गा प्रहरी प्रमुख केशव राज भट्ट राईट प्वाइन्ट थानकाेट प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पाैडेल र सेन्टर प्वाइन्ट र महानगरीय प्रहरी वलम्वुका प्रहरी निरिक्षक शर्मिला गुरूङ लेफ्ट प्वाइन्टकाे मिसन ट्रार्गेत मिटका वावजुत नाकामा हुने तस्करी सफल हुँदै गएकाे छ ।

प्रहरीका एक अधिकारीले भने” सुन तस्करहरुले नयाँ रुट प्रयोग गर्दा समान्य तवरले सुन तस्तकरी भईरहेकाे छ भने सामान्य गाेप्य सुचना समेत नभएकाे तर कडा चेकजाच तथा कडा मेहेनतका वावजुट सुन सहित तस्करलाई नियन्त्रणमा लिन सफल भएकाे हाे ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सुन तस्करीका लागि नयाँ रुट प्रयोग भएको पाइएको पुष्टि भएको नागढुंगा प्रहरीका एक अधिकारी बताउँछन् ।
तीन किलाे सुन वरामद गरेपछि नागढुङ्गाले
नागढुंगा नाकामा चेकजाँच कडा बनाएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ ६ केजि सुन बरामद गर्न सफल भयाे ।

तत्कालीन महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक प्रविन धितालकाे टाेलीले नाै केजि अैवध सुन वरामद गर्न सफल भएकाे थियाे ।
महानगरीय प्रहरी वृत्त थानकोटकाे मातहतमा रहेकाे प्रभाग नागढुङ्गाले अाज सम्म १८ केजि अवैध सुन सहित तस्करहरू नियन्त्रणमा लिईसकेकाे छ ।

पछिल्लाे समय भारी मात्रामा लागुअाैषध अवैध सामान सुन नियन्त्रणमा लिन सफल प्रहरी नायव निरिक्षक विदुर चन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विभागले सरूवा गरेकाे छ ।

यस वाट के पुष्टि हुन्छ भने पछिल्लाे समय तस्करीमा संलग्न तस्करहरूले नयाँ तरिका सहित सुन तस्करी गरिरहेका छन भने देखाएकाे छ । सुनमा भएकाे वारकाेडलाई हेर्ने हाे भने पनि सयाै टन सुन भित्रिएकाे हुन सक्ने प्रहरीको प्रारभिक अनुसन्धान वाट खुल्न अाउछ । नयाँ शैली नयाँ ट्रान्जिट नागढुङ्गा नाका वाट खुल्न अाएकाे हाे । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले पनि यश विषयकाे अध्ययन गर्ने भएकाे छ । सुन तस्करी नराेकिनुलाई सरकार समेत माैन देखिएकाे छ । यस नागढुङ्गा सुन मिसन वाट राज्यले पाठ सिक्न जरूरी देखिन्छ । अनुसन्धान वाट थप रहस्य बाहिर अाउने देखिन्छ ।