१० वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने सार्वजनिक

(असोज १०, पोखरा) । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ ।

कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएका थिए ।

फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए ।

बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ ।