१२ सय लिटर घरेलु मदिरा नष्ट

चन्द्रागिरि,

महानगरिय प्रहरी प्रभाग बलम्बुले १२ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

विभिन्न स्थानमा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा प्रहरीले कारवाही गर्दा बरामद भएको उक्त परिणामको मदिरा नष्ट गरेको हो ।

अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले बताएको छ ।

नगरपालिका विभिन्न स्थानमा घरेलु रक्सी खुलेआम रुपमा विक्रि भइरहेको पाइएपछि बलम्बु प्रहरीले अभियानकै रुपमा मदिराका भट्टहिरु नष्ट गरेको हो ।