२ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट

चन्द्रागिरी,

महानगरिय प्रहरी प्रभाग बलम्बुले २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

विभिन्न स्थानमा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा प्रहरीले कारवाही गर्दा बरामद भएको उक्त परिणामको मदिरा नष्ट गरेको हो ।

अबैध मदिराका कारण होहल्ला, झैझगडा ,घरेलु हिंसा, लगायतका बिभिन्न सामाजिक अपराधहरु घट्ने भएकाले ति सामाजिक अपराधहरुलाई नियन्त्रण गर्न र सुरक्षित र शान्तपुर्ण वातावरण कायम राख्नका लागि अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिईरहेको प्रहरीले बताएको छ ।

तस्बिर: बलम्बु सेक्टर