सतुंगलबाट नौ जना बिचौलिया पक्राउ

चन्द्रागिरी, यातायात व्यवस्था कार्यालय सतुंगलबाट नौ जना बिचौलिया पक्राउ गरिएको छ। सेवाग्राहीलाई दुःख दिएको भन्ने गुनासोपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

विचौलियाहरुले विभिन्न सेवाको लागि आएका सेवाग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम मागगर्दै हैरानी बनाउने, बीच बाटोमै रोकेर कार्यालयमा सिधा सम्पर्क हुन बाट रोक्ने र सरकारी दस्तुरभन्दा बढी रुपैयाँ असुल्ने गरेको खुलेको छ ।

पक्राउ परेकालाई सार्वजानिक ऐन अन्तरर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।