‘पुरानो नेपाल’ देख्न पाउँदा प्रभात मा.वि.का विद्यार्थीहरू दंग

  • 118
    Shares

चन्द्रागिरि नगरपालिका ०७ चेकपोष्टस्थित प्रभात माध्यमिक विद्यालयमा बुधबार नेपालका एेतिहासिक तस्वीरहरूको प्रदर्शनी अायोजना गरिएको छ । फोटो म्युजियम नेपालले उक्त प्रदर्शनी अायोजना गरि विद्यार्थीहरूमा नेपालका १२० वटा पुराना तस्वीरहरू देखाइएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरू, शिक्षक शिक्षिका, कर्मचारी, चन्द्रागिरि नगरपालिका वडा नं. ७ का अध्यक्ष शम्भुकुमार केसी तथा सदस्य उमा थापाको समेत उपस्थिति रहेको थियो भने कार्यकमको अाकार्षण ४८ वर्षअघि नेपालमा पिसकोर सदस्यका रूपमा कार्यरत बब निकोल्स थिए जसले वि.संं २०२८ ताका नेपालका विभिन्न जिल्लामा स्वयंसेवी कृषि विज्ञका रूपमा सेवा गरेका थिए । उनको साथमा उनकी श्रीमती टेरी फ्रस्ट पनि सामेल थिइन् । कार्यक्रममा निकोल्सले ५० वर्षअघि नेपालमा खिचेका केहि तस्वीरहरू समेत प्रदर्शनी गरिएको थियो । त्यस्तै कार्यक्रममा २०३० साल ताका पुर्वी नेपालमा पिसकोरका रूपमा कार्यरत पेरी चिप लेट्सनको पनि सहभागिता रहेको थियो साथमा उनकी श्रीमती सिना समेत विद्यार्थीको माझमा रमाइलो मान्दै पुरानो नेपालका तस्वीरहरू हेर्न व्यस्त देखिन्थे । यसअघि चन्द्रागिरि नगरकै वडा नं. ०५ स्थित जनकल्याण माविमा उक्त संस्थाले पुरानो नेपालका तस्वीरहरूको प्रदर्शनी अायोजना गरेको संस्थाकी संस्थापक महिमा गाैतमले जानकारी दिइन् ।


  • 118
    Shares

Comments

comments