लेखक श्रेष्ठ थानकोटस्थित झ्यालमपाटी अघिल्तिर ।
कृष्णप्रकाश श्रेष्ठ ।

वाणासुरको राजधानी ? को हो वाणासुर ? कहाँ छ उसको राजधानी ? शीर्षकले नै पाठकवृन्दमा खुल्दुली जगाउने छ । त्यसैले पाठकवृँदको जिज्ञासा शान्त गर्नुभन्दा पहिले वाणासुरको राजधानीको सन्दर्भमा पौराणिक पथालाई आधार तुल्याएर मैले आधा शताब्दीभन्दा पहिले रअना गरेको ‘उषा–अनिरुद्ध मिलन’ नाटक नेवारी (नेपालभाषा) मा अनुवादभई पुस्तकाकार रूपमा अहिले मेरो हातमा परेको सन्दर्भमा नै मनमा उब्जेका केही शब्द यहाँ नकोरी रहन सक्तिनँ । मैले आजभन्दा ५७–५८ वर्षअगाडि वाणासुरको किम्बदन्ती सुनेर नेपाली भाषामा रचना गरी शोणितपुर (थानकोट) का युवाहरूको सक्रिय सहभागितामा मञ्चन समेत गरिएको उक्थ ‘उषा–अनिरुद्ध मिलन’ नाटककी नेवारी (नेपालभाषा) मा अनुवादिका ऋजु श्रेष्ठप्रति आभार व्यक्त गर्दै यसलाई पुस्तकको रूपमा प्रकाशनार्थ सहयोग पु¥याउने हलिं नेवा गुठी (विश्व नेपालभाषा गुठी) का सबै महानुभावहरूलाई साधुवाद भन्न चाहन्छु ।

थानकोटस्थित हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष शान्तप्रकाश श्रेष्ठले उक्त नाटकको पाण्डुलिपि खोजेर नेपालभाषामा उल्था गराई प्रकाशित समेत गरी मलाई मास्कोमा पठाइदिए । मूल थानकोटवासी मेरा फुपेरा भाइ नारायणप्रसाद श्रेष्ठले यतिका वर्षसम्म सो पाण्डुलिपि हिफाजतपूर्वक जोगाएर राखेका रहेछन् । भाइ नारायणप्रसादकै सहयोगबाट त्यतिखेर थानकोटवासी युवाहरूको मित्रमण्डलीको स्थापना गरी नाटक मञ्चन गरिएको सम्झना भयो । आपूm जन्मेको स्थानको प्राचीन नाम शोणितपुरको प्रचारको मूल उद्देश्य राखेर नै त्यहाँ प्रचलित वाणासुरसम्बन्धी किम्बदन्तीमा सामाजिक कुरीतिप्रति व्यंग्यसमेत थपथाप गरी नाटक लेखेको थिएँ र राष्ट्रभाषा नेपाली राम्ररी बोल्न नसक्ने तत्कालीन थानकोटवासीहरूमा शिक्षा प्रचारार्थ पहिलो अंग्रेजी सिकाउने भविष्यसेवा मिडिल स्कूलको अवैतनिक प्रधानाध्यापक बन्नुका साथै ‘लोकज्ञानकेन्द्र’ नामक सानो पुस्तकालय स्थापना गरिएको थियो । त्यतिखेर मलाई सहयोग गर्ने दौंतरीहरूको अहिलेको छविचित्रसहित उक्त पुस्तक हातमा पर्दा ज्यादै गद्गद हुन पुगें…

वाणासुर भन्ने नामले नै त्यो पौराणिक कालको असुर होला भन्ने स्पष्ट हुन्छ । त्यसमा पनि उससँग हज्जार हात थिए भन्ने सुनेपछि त निसन्देह नै त्यो अजङको दैत्य नै हो भन्ने पक्कापक्की हुनेछ । दैत्य नै हो भने त्यसको राजधानीमा पनि मानव नभई दानवहरू नै बस्ता होलान् भन्ने ठम्याउन गाह्रो पर्दैन । यस्तो दैत्यको राजधानीमा यात्रा गर्न को तयार होला र ?

वास्तवमा आर्यहरूले आर्येतर जातिका मानिसहरूलाई इन्द्रादि देवता अर्थात् सुरहरूको प्रसारको निम्ति बाधा उत्पन्न गर्ने र लड्न समेत पछि नपर्ने असुर भन्ने गरेको प्रतीत हुन्छ । हामी नेपालीहरूका लागि समेत असुर शब्दले हाम्रा देवताहरूका वैरी भन्ने बोध गराउँछ । हामी वेदपुराणलाई धर्मग्रन्थ मान्नेहरू ‘सुर’ भनेको ‘देवता’ र ‘असुर’ भनेको ‘देवताका शत्रु’ भन्ने अर्थ लगाउँछौं, तर ‘आवेस्ता’ लाई धर्मग्रन्थ मान्नेहरू चाहिं ठीक यसको उल्टो ‘असुर’ भनेको ‘देवता’ र ‘सुर’ भनेको ‘देवताका शत्रु’ भन्ने अर्थ लगाउँछन् ।

प्राचीन कालमा आर्येतर जातिका मानिसहरूलाई आर्यहरूले असुर भन्ने गरेको प्रतीत हुन्छ र पछि तिनीहरूलाई नै मांसभक्षी हुनाले दैत्य समेत भनेको हुन सक्तछ । हामी अहिले असुर भन्नासाथै देवताका शत्रुको रूपमा तिनलाई राक्षससम्म भन्न पनि बेर लगाउँदैनौ. । तर प्राचीन कालमा ‘असुर’ भन्ने शब्द ‘सुर’ अर्थात् देवताको विपरीतार्थक मात्र थियो । त्यतिखेर असुरहरूले पनि सुरहरूलाई आप्mनो प्रतिद्वन्दीकै रूपमा मात्र लिने गरेको बुझिन्छ । त्यसैले त ‘आभेस्ता’ ग्रन्थमा ‘असुर’ शब्द मानार्थी नै रहेको छ । सुर र असुर शब्दले वास्तवमा आर्य र आर्येत्तर जाति भन्ने मात्र बोध गराउँछ । आर्यजातिको निम्ति किरातहरू पनि असुर नै मानिन्थे, यद्यपि किरातहरू शिवका उपासक थिए । यसको पुष्टि नेपाली विद्वान् इमानसिंह चेमजोङले गरेका छन् ।

अनिे, वाणासुर पनि वास्तवमा असुर अर्थात् दैत्य नै हो त ? पुराणमा वर्णित देवासुर संग्रामको कथा सुन्नेहरूले उसलाई देवताहरूको शत्रु नै होला भन्ने निश्कर्ष निकाल्ने छन् । तर ‘श्रीमद् भागवत्’ महापुराणमै उसलाई शिवभक्त भनिएको छ । नेपालका प्रमुख आराध्यदेव पशुपतिनाथ अर्थात् शिव नै छन् र हिन्दूधर्माबलम्बी अधिकांश नेपालीहरू पनि शिवभक्त अर्थात् शैव नै छन् । तसर्थ नाम वाणासुर भए पनि ऊ दैत्य वा राक्षस अवश्य होइन रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

वाणासुर को हो त ? यस प्रश्नको भरपर्दो उत्तर नेपाली विद्वान् इमानसिंह चेमजोङले दिएका छन् । उनको धारणाअनुसार किरातासुर भन्ने पदवीको उल्लेख किराती किम्बदन्तीहरूमा मात्र नभई ‘महाभारत’ ग्रन्थमा समेत पाइन्छ । उनी लेख्छन् ः ‘कृष्णले केन्द्रीय नेपालमा वाणासुरको नेतृत्वमा किरात राज्य स्थापना भएको छ भन्ने थाहा पाएर यादवहरू (सम्भवतः पशुपालक आभिर जाति) को ठूलो सैन्य नेपालतिर पठाए । वाणासुरउपर विजय प्राप्त भएपछि कैयौं यादवहरू भुक्तमानको नेतृत्वमा त्यही घरजम गरी बसे । यादवहरूको वंशले ठूलो नेपाल उपत्यका (वर्तमान काठमाडौं) बाट पश्चिमतिर रहृको वर्तमान टिस्टु«ङमा राजधानी बनाएर आठ पुस्तासम्म केन्द्रीय नेपालको शासन चलाए । यलम्ब नामका किरात राजाले यादववंशका राजा भुवनसिंहको राज्यमा आक्रमण गरी पूर्वमा तामाकोशी र पश्चिममा त्रिशूली, उत्तरमा हिमशिखर र दक्षिणमा वर्तमान चितलाङसम्म पैmलिएको ठूलो भूभागमा किरात राज्यको विस्तार गरे । पहिले विशाल किरात राज्यको राजधानी पूर्वमा रहेको यालुङमा थियो । केन्द्रीय नेपालमा विजय प्राप्त गरेपछि यलम्बले आफ्नो राजधानी काठमाडौं उपत्यकाको अहिले थानकोट रहेको ठाउँमा सारे… ९० वर्षसम्म सफलतापूर्वक राज्यको शासन चलाएर उनी दिवंगत भए । राजगद्दीका उत्तराधिकारी उनका पुत्र पालम्बले किरातासुर भन्ने पदवी धारण गरे र नजिकै सुप्रभा नामको नयाँ राजधानी बनाए । किरात वंशका छैटौं पुस्ताका राजा हुमतिहाङ्गको शासनकालमा पाण्डुका पुत्र अर्जुन इन्द्रप्रस्थबाट किरात राज्यभित्रै कतै पूर्वतिर रहेको इन्द्रकील पर्वतमा आइपुगे । भारवीले पूर्वी नेपालको पर्वतमा रहेको बनमा किरातहरूका नेतासंग उनको युद्धको वर्णन गरेका छन् । अर्जुनले शिवको जत्तिकै शक्ति भएको आप्mना प्रतिद्वन्दीको सामथ्र्य निकै ठूलो भएको बुझेर उनीसंग राम्रो सम्बन्ध कायम राखी शिवको अजेय वाण – पाशुपतास्त्र हासिल गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरे’ (चेमजोङ, १९६६ ः ६–७) ।

इमानसिंह चेमजोङको उपरोक्त कथनका सन्दर्भमा केही तथ्यहरूको बारेमा टीकाटिप्पणी गर्न चाहन्छु । उनले किराती किम्बदन्तीको आधारमा द्वापरयुगमा कृष्णबाट पराजीत भएका अनुश्रुतिका राजा वाणासुरलाई नेपालका किरातवंशी राजाहरूसित सम्बन्धित तुल्याउने प्रयास गरेका छन् । किरात जातिकै प्रतिनिधि नेपाली विद्वान्ले यदुवंशीहरूका वंंशजको रूपमा महिषपाल वंशका अन्तिम राजा भुवनसिंहलाई विस्थापित गरेर किरात वंशले ठूलो नेपाल उपत्यकामा अधिकार जमाएको उल्लेख गरेका छन् । किरात राजा पालम्बले किरातासुर भन्ने उपाधि धारण गरेको तथ्य पनि स्मरणीय छ । सम्भवतः यो उपाधि आपूmलाई शक्तिशाली ठान्ने अन्य किरात राजाहरूले पनि धारण गर्ने गरेका थिए होलान् । अर्जुनले किरात शासकलाई शिव जत्तिकै शक्तिशाली मानेको तथ्यबाट पनि यसै कुराको पुष्टि हुन्छ । इमानसिंह चेमजोङले नेपालको पूर्वतिर कतै रहेको इन्द्रकीलपर्वतमा किरात राजालाई भेटेको र नजिकैको वनप्रदेशमा उनीसँग युद्ध गरी जित्न नसक्ने देखेपछि सम्झौता गरेर पाशुपतास्त्र प्राप्त गर्नमा सहयोग गर्ने अनुरोध गरेको चर्चा गरेका छन् । तर निश्चित रूपमा कुन स्थानमा यो घटना घटेको हो भन्ने ठोकुवा गर्न सकेका छैनन् । मेरो विचारमा पशुपतास्त्र श्लेषमान्तक वनमा रहेका शिव अर्थात् पशुपतिको कृपाबाट मात्र प्राप्त हुन सक्तथ्यो । पशुपतिनाथको मन्दिरकै निकट रहेको किरातेश्वर शिवलिङ्गसित उपरोक्त घटनाको सम्बन्ध नहोला भन्न सकिंदैन । फेरि ‘स्वस्थानी’ ग्रन्थमा पनि शिवले किरातको रूप लिई श्लेषमान्तक वनमा विहार गर्नेगरेको चर्चा छ (श्रेष्ठ, १९९६, ४०) । मुख्यतः इन्द्रकील पर्वत भन्ने नामले चाहिं सोभैm वर्तामान दहचोक डाँडालाई नै सङ्केत गर्दछ । यहाँ यस विषयमा स्पष्ट पार्नु आवश्यक ठान्दछु । थानकोट भेकमा प्रचलित एउटा किम्बदन्तीअनुसार ऐरावत हात्तीमा चढेर आएका इन्द्रले स्वर्गबाट ओर्लेर वर्तमान दहचोकको टाकुरामा आफ्नो हात्ती बाँध्न कीला ठोकेकोले त्यो ठाउँ ‘इन्द्रकील’ पर्वत भनिएको र पछि कीलाले प्वाल पारेको ठाउँमा पानी जमी दह बनेकोले ‘इन्द्रकीलदह’ नाम रहेको हुँदा नेवारी भाषामा अद्यापि त्यो ‘यँकिदह’ भनिने गरिएको छ (नेपालीमा चाहिं ‘इन्द्रदह’ मात्रै भनिन्छ) । नेवारी नाम ‘यँकी’ शब्द ‘इन्द्र्रकील’ कै अपभ्रंशबाट बनेको हो । नेपालको राजधानी काठमाडौंको नेवारी नाम ‘यँे’ पनि इन्द्रसितै सम्बन्धित छ र त्यो ‘यम्बु’ (‘इन्द्रभूमि’) बाट बनेको नेवारी शब्द हो । नेपालीमा ‘इन्द्रदह’ को नेवारी अनुवाद त ‘येँदह’ मात्र हुनुपर्दथ्यो, तर यसको नेवारी नाम ‘यँकिदह’ रहनाले यो ठाउँ नै इन्द्रकील हो भन्ने छर्लङ्ग हुन गएको छ । तसर्थ अर्जुनले यसै स्थानको नजीकै किरात राजालाई भेटेको हुनुपर्दछ (श्रेष्ठ, २००८, १७४) ।
उल्लेख्य के पनि छ भन्ने किरात जातिलाई किम्पुरुष पनि भनिएको पाइन्छ र यो शब्द ‘किन्नर’ बाटै बनेको हुनु असम्भव छैन । दुवै शब्दमा पहिलो खण्ड ‘किं’ समान छ भने दोस्रो खण्ड ‘पुरुष’ र ‘नर’ को अर्थ पनि ‘मान्छे’ नै हुन्छ । किम्पुरुषको अर्थ ‘पुड्को मान्छे’ (संस्कृत–रूषी, १९७८. पृ. १६२) हुन्छ भने किरात शब्द चाहि एक थरीको मतानुसार ‘रेशमका व्यापारी’ त अर्को थरीको भनाइअनुसार ‘चिराइतो’ उम्रने ठाउँमा बस्ने मान्छेको आधारमा रहेको मानिन्छ । महाभारत काल (द्वापर युग) मा हिमालयदेखि समुद्रसम्म पैmलिएको विशाल क्षेत्रमा अश्वकुट (हाल काबुल), कुल्या (कुलु), मत्स्य वा मच्छे (उत्तरी विहार), पौण्ड्र (बङ्गाल), सुमेर (आसाम), म्लेक वा लोहित (?), तथा किन्नर (गढवाल र नेपाल) गरी ७ वटा किरात राज्यहरू रहेको कुरा ‘मार्कण्डेय पुराण’ मा चर्चा गरिएको छ । सम्भवतः किरातासुर भनिने शासकको नेतृत्वमा यी किरात राज्यहरू संघबद्ध थिए (चेमजोङ, १९६६, ९) । नेपालका किरात राजा यलम्बरले जस्को हार हुन्छ उसैको पक्ष लिएर लड्ने भनी महाभारतको युद्ध हेर्न गएको र कृष्णले कौरवको हार भएपछि किरात राजालाई युद्धमा जित्न नसकिने देखेर शिरच्छेदन गरिदिंदा टाउको मात्र आकाशमार्गबाट उडेर आई आकाशभैरव (नेवारीमा ‘आजुद्यः’ अर्थात् ‘पुर्खा देवता’) भई नेपालमा रहेको किम्बदन्ती पनि छ (श्रेष्ठ, २०६३ ः १०८–१०९) ।

वाणासुरको राजधानी कहाँ थियो त ? यस प्रश्नको उत्तर पनि इमानसिंह चेमजोङको उपरोक्त भनाइ र अन्य पौराणिक र लौकिक कथनहरूको विवेचनाको आधारमा ठम्याउन सकिन्छ । यसरी वर्तमान थानकोट नै वाणासुरको राजधानी शोषितपुर थियो भन्ने तार्किक निष्कर्षमा पुग्न सकिन्छ । यद्धपि आसाम (भारत) को एक पूरै इलाका (जिल्ला) को नाम पनि शोणितपुर रहेको पाइन्छ । रेडियो मास्कोमा कार्यरत रहँदा त्यहाँका श्रोताबाट पत्र पाएपछि मात्र मलाई यसको बोध भएको थियो । वाणासुरको कथा त्यस भेकमा प्रचलित छ वा छैन, त्यसको मलाई ज्ञान छैन । अनुमानको भरमा भन्ने हो भने शोणितपुर नामको प्रतिपादन गर्न त्यहाँका वासिन्दाले पनि यस अनुश्रुतिको उपयोग गर्ने सम्भावना नभएको होइन । कारण के त भने त्यो क्षेत्र पनि प्राचीन कालमा किरातजातिकै मातहतमा रहको थियो, तर आसामको नजिकै पर्ने पूर्वी नेपालका वासिन्दा इमानसिंह चेमजाङले थानकोटलाई नै वाणासुरको राजधानी बताएका छन् । उनले वाणासुरको राजधानी थानकोटमै भएको पुष्टि गर्नुका साथै वाणासुर लगायत असुर प्रत्ययधारी नाम हुने प्राचीन राजाहरुलाई किरातजातिका पुर्खा समेत मानेका छन् । उनले शोणितपुर (थानकोट) लाई वाणासुरको मात्र नभई पछि नेपालमा शासन जमाउने किरातवंशका राजाहरूको समेत राजधानी मानेका छन् । यसका अतिरिक्त पं. मुरलीधर भट्टराई लगायत कैयौं नेपाली विद्वानरहरूको कथन र ‘नेपाल माहात्म्य’ को श्लोक पनि शोणितपुर नेपालमै रहेको पुष्टि हुन्छ ।

उक्त भूमिका बाँधिसकेपछि अब म पाठकवृन्दलाई प्राचीन शोणितपुर अर्थात् काठमाडौं उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिक स्थल थानकोटको यात्रावलोकनका लागि निम्त्याउन चाहन्छु । यात्राको क्रममा पुराण र लौकिक धारणाको समेत लेखाजोखा गर्दै अतीत र वर्तमानको तारतम्य मिलाउने प्रयास गरिने छ । मैले ताहाननिटोल निवासी मेरा मितबुवा देवरत्न (आशामरु) श्रेष्ठबाट थानकोटको प्राचीन नाउँ शोणितपुर हो भन्ने विषयमा २००८ सालतिर वाणासुरको बारेमा किम्बदन्ती सुनेपछि सर्वप्रथम चुनिखेलको नवनिर्मित घरको बीचको भ्mयालमाथि ‘शोणितपुर चुनिखेल नेपाल’ लेखेको साइनबोर्ड टाँगेको थिएँ । घरैमा भएको ‘श्रीमद् भागवत्’ ग्रन्थको ठेली पल्टाउँदै जाँदा वाणासुरको कथा आँखामा परेपछि त शोणितपुर नामको दरिलो प्रमाण भेट्टिएको भैंm पुलकित हुन पुगेको थिएँ ।

अहिले थानकोट इमाखेलनिवासी शान्तप्रकाश श्रेष्ठको प्रयासबाट पाण्डुलिपिको खोजी गरी बलम्बुनिवासी युवती ऋजु श्रेष्ठको अनुवादमा पुनर्जन्म पाएको ‘उषा–अनिरुद्ध मिलन’ नाटक डा. मणिराज पोखरेलको हातबाट मास्कोमा प्राप्त गर्दा अत्यन्त आनन्दानुभूति भएको छ । यस परिप्रेक्ष्यमा नेपाली पाठकवृन्द समक्ष थानकोट भेकको अतीत र वर्तमानको केही चर्चापरिचर्चा गर्नु युक्तिसंगत हुने ठान्दछु ।

काठमाडौं जिल्लाको दक्षिण–पश्चिम सीमान्तमा करिब दश किलोमिटर टाढा चन्द्रागिरिको फेदीमा अवस्थित यस बस्तीको प्राचीन नाम हो शोणितपुर । अझ त्यसभन्दा अघि (अर्को स्रोतअनुसार पछि) सुप्रभानगरी (कतै कतै सुप्रभापुर) पनि भनिएको पाइन्छ । लिच्छविकालीन थेन्चोग्रामको वर्तमान नाम थानकोट हो र नेवारीमना अद्यापि यो थक्वाः भनिंदै छ । थक्वाःको अर्थ हुन्छ ः ‘अग्लो किल्ला’ । यहाँ अद्यापि प्राचीन किल्लाको अवशेष रहेको छ । राजधानीको मूल प्रवेशद्वार मानिने हाल चन्द्रागिरी नगरपालिका नामले विभूषित थानकोट भेक (प्राचीन शोणितपुर) लाई नै किरात संस्कृतिका अध्येता इृमानसिंह चेमजोङले वाणासुरको राजधानी मान्दै वाणासुरलाई किरात वंशको ठह¥याानुका साथै पं. मुरलीधर भट्टराई लगायत कैयौं नेपाली विद्वान्हरूले पनि यस स्थानलाई वाणासुरको राजधानी बताएका छन् । यस भेकमा रहेका केही स्थाननामहरूसित सम्बन्धित किम्बदन्तीहरूले पनि प्राचीन कालमा यो वाणासुरको निवासस्थान थियो भन्ने अनुमान लगाउन बल दिन्छ । वाणस्थलीको अपभ्रंशबाट बाँठली नाम रहेको आधारमा यहाँ वाणासुरको दरवार थियो कि भन्ने अनुमान गरिन्छ भने बाडभञ्ज्याङ भन्ने नाम पनि वाणभञ्ज्याङकै अपभ्रंश रूप हुनु स्वाभाविकै छ । थानकोट भेकमा बनाइने घरहरूमा कौसी राख्नु हुँदैन भन्ने जनधारणा पनि उषाले सपनामा देखेको अनिरुद्धलाई उसकी सखी चित्रलेखाले पलङसहितै उडाएर ल्याई वाणासुरको दरवारको कौसीमा उतारेको किम्बदन्तीमा आधारित हुन सक्तछ भन्ने मलाई लाग्छ । वाणासुरसम्बन्धी अनुश्रुतिको पुष्टि गर्ने विभिन्न किम्बदन्तीहरू थानकोटमा प्रचलित छन्ं !..

सर्वप्रथम त शोणितपुर भन्ने स्थाननामको व्युत्पत्तिकै चर्चा गरौं । संस्कृतको ‘शोण’ शब्दको अर्थ ‘लाल’ वा ‘गाढा रातो’ हुन्छ । विहार (भारत) मा यसै नामको एउटा नदी पनि बग्दछ । जनजिब्रोले त्यसलाई ‘सोन’ भन्दै ‘सोना’ भन्ने गरेको प्रतीत हुन्छ । नेपालको भूमिमा समेत प्राचीन कालमा ‘तमसा’ भनिने नदीलाई ‘सोना’ भनिएको पाइन्छ । यसै नदीको किनारामा नवलपरासीमा अवस्थित बाल्मिकीनगरबाट पश्चिमतिर दुई माइल पर रहेको त्रिवेणीमा तमसा, नारायणी (गण्डकी) र स्वर्णरेखा नदीको सङ्गम छ । स्वर्णरेखा नदीको नामबाट पनि यस नदीलाई सोना’ भनिएको हुनु सम्भव छ । ‘हिन्दीमा ‘सोना’ को अर्थ ‘सुन’ हुने भएकाले नेपालमा पनि ‘शोण’ शब्दबाटै बनेको विशेषण शब्द ‘शोणित’ लाई पनि ‘सुन’ कै पर्यायको रूपमा लिने गरिएको हुन सक्तछ । संस्कृतमा ‘शोणित’ को अर्थ ‘रातो’ मात्र नभई ‘लोहित’ वा ‘रक्त’ (‘रगत’) पनि हुन्छ (संस्कृत–रूषी, १९७८ ः ६५४) । कुनै युगमा यहाँ रक्तचन्दनको वन थियो होला । त्यसको आधारमा पनि ‘शोणितपुर’ भनिएको नहोला भन्न सकिंदैन । पार्वतीले हरेक विहान चन्दन घोटेर तपस्या गरेको ठाउँमा चन्दनेश्वर (चन्दनप्रभातेश्वर) उत्पन्न भएकोले पर्वतकै नाम समेत चन्दनगिरि (हाल चन्द्रागिरि) रहन गएको प्रसङ्गबाट पनि यहाँ चन्दनको वन थियो भन्ने सङ्केत पाइन्छ (श्रेष्ठ, २०६७, ९४–९५) । थानकोट भैककै इटाखेलमा चन्दनप्रभातेश्वर महादेवको प्रसिद्ध मन्दिर रहेको छ ।

चन्द्रागिरीबाट उत्तरवाहिनी भई बग्ने खोलाहरू र दहचोकबाट बग्ने खोलाहरूको पानी सञ्चय गर्दै बाणभञ्ज्याङबाट शुरु भई पश्चिमबाट पूर्वतर्पm बग्ने खोलाको नाम स्वर्णनदी या देवमती हो र देवराज इन्द्रले हाल इन्द्रदह (संस्कृतमा ‘इन्द्रकील’ बाट नेवारीमा ‘यँकी’) नाम रहेको ठाउँमा कीला गाढी ऐरावत हात्ती बाँधेर स्नान गर्न आउने यक्षघाटमा अरु दुई सहायक नदी मिसिएपछि त्यो नदी यक्षमती भनिएको प्रतीत हुन्छ । संस्कृतमा ‘स्वर्णनदी’ नाम रहनुको कारण पनि सुनको शहर भनिएको शोणितपुरसितै जोडिएको नहोला भन्न सकिंदैन । यसै गरी प्रचलित एक किम्बदन्तीअनुसार गुरुको श्रापबाट मुक्त हुन देवराज इन्द्रले स्वर्गबाट आएर उक्त त्रिवेणीमा स्नान गरेको हुनाले यस नदीलाई ‘देवमती’ वा ‘इन्द्रमती’ भनिनु सार्थक नै लाग्दछ । किनभने चन्द्रागिरी र दहचोकको खोलानालालाई समेट्दै उपत्यकाको पश्चिमी भेकबाट उत्पन्न भई बलम्बु हुँदै बग्ने यस नदीको संस्कृत नाम इमाखेलस्थित इन्द्रविनायक, दहचोकस्थित इन्द्रदह (यँकिदह) कै सिलसिलामा ‘इन्द्रमती’ रहेको प्रतीत हुन्छ । स्मरणीय के पनि छ भने नेपालको राजधानी काठमाडौंको नेवारी नाम ‘येँ’ (‘यम्बु’ अर्थात् ‘इन्द्रको भूमि’) पनि इन्द्रसितै सम्बन्धित छ । एक किम्बदन्तीअनुसार सुप्रभापुरमा शासन गर्ने दानासुरले इन्द्रको ढुकुटीबाट चोरेर ल्याएको शतांश मणिमाणिक्य आदि रत्न बगाएको नदी हुनाले ‘इन्द्रमती’ लाई ‘रत्नावती’ पनि भनिएको छ जो वाग्मतीमा प्रवेश गर्ने दायाँपट्टिको सहायक नदीे हो’ (श्रेष्ठ, २०६३ ः ३७–३८) । बलम्बु हुँदै पूर्वतिर बग्दै जाने क्रममा यसै नदीको नेवारी नाम अन्त्यमा ‘बल्खु’ रहेको होला । बलम्बु स्थाननामको पछिल्लो अंश ‘बुँ’ (संस्कृतको ‘भूमि’) ले ‘ठाउँ’ भन्ने बुझिन्छ, तर पहिलो अंश ‘बल’ को अर्थ अज्ञात नै रहेको छ । कतै किरात राजा पालम्बको अपभ्रंशबाट बालम्ब हुँदै दलम्बु त भएको होइन भन्ने पनि अड्कल काट्न नसकिने होइन । मेरो विचारमा यस ‘बलम्बु’ स्थाननामको सम्बन्ध पक्कै पनि ‘बल्खु’ (‘खु’ को अर्थ ‘खोला’) सित छ ।

थानकोट भेकमा रहेका केही स्थाननामहरूसित सम्बन्धित किम्बदन्तीहरूले पनि प्राचीन कालमा यो वाणासुरको निवासस्थान थियो भन्ने अनुमान लगाउन बल दिन्छ । वाणस्थलीको अपभ्रंशबाट बाँठली नाम रहेको आधारमा यहाँ वाणस्थलीमा वाणासुरको दरवार थियो कि भन्ने अनुमान गरिन्छ भने बाडभञ्ज्याङ भन्ने नाम पनि वाणभञ्ज्याङकै अपभ्रंश रूप हुनु स्वाभाविकै छ । थानकोट भेकमा बनाइने घरहरूमा कौसी राख्नु हुँदैन भन्ने जनधारणा पनि उषाले सपनामा देखेको अनिरुद्धलाई उसकी सखी चित्रलेखाले पलङसहितै उडाएर ल्याई वाणासुरको दरवारको कौसीमा उतारेको किम्बदन्तीमा आधारित हुन सक्तछ भन्ने मलाई लाग्छ ।

वाणासुरसम्बन्धी अनुश्रुतिको पुष्टि गर्ने विभिन्न किम्बदन्तीहरू थानकोटमा प्रचलित छन् । उदाहरणार्थ, थानकोटको माझबाट बग्ने खोलाको नाम ‘भाख्र्वाःसि’ रहेको सन्दर्भमा प्रचलित किम्बदन्तीमा ‘भाजु’ अर्थात् दैत्यराजा वाणासुरका ‘ज्वाइँ बन्न पुगेका अनिरुद्ध’ ले मुख धुने गरेको नदी हुनाले नेपालभाषामा ‘भाजुं ख्वा स्युगु खुसि’ भन्दाभन्दै छोटकरीमा यो नाम रहेको मानिन्छ । गयाबाट किला ल्याएर घाट बनाइएको यस पवित्र खोलाको किनारमा रहेको घाटलाई ‘गयाघाट’ भनिन्छ भने नदीले चाहिं ‘गःखु’ वा ‘गयाखुसि’ ंभन्ने नाउँ पाएको छ । यसै गरी अनिरुद्धलाई खाना पकाउन चोखो पानी लिने गरेको नदी हुनाले थानकोटको पश्चिमतर्फ बग्ने खोलाको नाम ‘आलखु’ (नेवारीमा ‘आलः’ भनेको ‘ज्यूनार’ वा ‘खाना’ र ‘खु’ वा ‘खुसि’ भनेको ‘नदी’) रहेको किम्बदन्ती पनि छ (१७४र१८) । अनि थानकोटको पूर्वपट्टि बग्ने खोलामा वाणासुरकी पुत्री उषाले रजस्वला हुँदा स्नान गरेकोले अपवित्र बनेको हुँदा खोलाको नाम ‘मभिंखुसि’ (नराम्रो खोला) रहन गएको र स्थानीय वासिन्दाहरूले लुगा धुने गरेको हुनाले ‘हिज्याखुसि’ पनि भनिएको हो भन्ने कथन छ (श्रेष्ठ, २०६३ ः १८) ।

विभिन्न नामले विभूषित इन्द्रमती नदीको उद्गमस्थल र प्रवाहक्षेत्रमा रहेको शोणितपुरलाई राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ मा ‘काठमाडौंदेखि दक्षिण–पश्चिममा रहेको एक प्राचीन बस्ती (थानकोट)’ भनी किटान गर्दै ‘वाणसुरको नगर’ भन्ने समेत उल्लेख गरिनु यसको एक बलियो प्रमाण हो (पृष्ठ १२६८) । शोणितपुर (थानकोट) भेकअन्तर्गतका लिच्छविकालदेखि अस्तित्वमा रहेका सतुंगल, किसिपुडी, गुर्जुधारा, बलम्बु आदि स्थानका नेवार समुदाय परम्परागत जामा, पगरी, पटासी जस्ता पहिरनमा बाजागाजाको साथमा प्राचीन कालदेखि नै यस नदीको किनारामा रहेको कुनै समयमा नेवारी भाषामा गाँख्यः (गाउँको चहुर) भनिने यक्षघाटमा बडादशैंको नवमीका दिन पूजासामान लिएर मेला भर्दछन् ।

यस भेकमा प्राप्त शिलापत्रहरुमा लिच्छविकालमा यस क्षेत्रलाई ‘शीताटिकातल’ (थानकोट, आदिनारायणस्थानको अभिलेख, शक सं. ४२८) वा ‘शिताटी गुल्मक’ (बलम्बु, चौकीटारको अभिलेख, शक सं. ४८२) भनिने गरिएको पाइन्छ । ‘गुल्म वा तल’ भनिने यस ‘प्रशासकीय इलाकाअन्तर्गत थेन्चोग्राम (थानकोट), टेग्वलग्राम (बलम्बु), किचप्रिचिङ्ग्राम (किसिपिंडी), काबुङ्ग्राम (सतुङ्गल) जस्ता गाउँहरू रहेकाले पनि यस थानकोट (शोणितपुर) क्षेत्रलाई लिच्छविकालमा शीताटि गुल्म वा तल भनिन्थ्यो भन्ने बुझिन्छ’ (श्रेष्ठ, २०६३ ः ४–५) । कतै लिच्छविकालीन ‘शीताटिकातल’ वा ‘शिताटी गुल्मक’ को अपभ्रंशबाट नै सतुङ्गल नाम रहेको त होइन ?

नेपाली, हिन्दी लगायत विश्वका विभिन्न भाषाहरूमा अनूदित ‘श्रीमद् भागवत्’ महापुराणमा ३ ठाउँमा मात्र वाणासुरको राजधानी शोणितपुरको नामोल्लेख गरिएको छ । संस्कृत साहित्यमा वाणासुरको राजधानी शोणितपुर भन्ने प्रमाण ‘नेपाल महात्म्य’ ले पनि दिएको छ । त्यसमा ‘वाणासुरो दैत्यराजः शोणिताख्ये पुरे भवेत्’ (अध्याय ८, श्लोक ७०) अर्थात् ‘शोणित भनिने शहरमा दैत्यहरूको राजा वाणासुर थियो’ भनी अभिलेख गरिएको छ । ‘नेपाल महात्म्य’ को यस उद्धरणले नै थानकोटको प्राचीन नाम शोणितपुर हो भन्ने लिखित प्रमाण दिएको मान्न सकिन्छ (स्थाननामकोश, पृ. ४०७) । यसै गरी ‘नेपाल महात्म्य’ मा वर्णित शोणितपुरको मूल स्रोत पनि ‘श्रीमद् भागवत्’ महापुराण नै हो भन्ने प्रतीत हुन्छ ।

विस्तृत रूपमा वाणासुरकी पुत्री उषा र कृष्णका नाति अनिरुद्धको मिलन, कृष्ण–वाणासुर युद्ध, उषा–अनिरुद्ध विवाहको वर्णन ‘श्रीमद् भागवत्’ महापुराणको दशौं स्कन्धको दुई अध्याय (६२ र ६३) मा गरिएको छ । त्यसै प्रसंगमा शिव र कृष्णबीच युद्धको सन्दर्भमा परीक्षितको प्रश्नको उत्तर दिंदै. शुकदेवले ‘श्रीमद् भागवत्’ को अध्याय ६२ (दशौं स्कन्ध) को चौथो श्लोकमा सर्वप्रथम ‘वलिपुत्र वाणासुर सुन्दर शोणितपुरमा राज्य गर्दथे’ भन्ने जनाएको पाइन्छ । अनि अध्याय ६३ मा यदुवंशीहरू वणासुरको राजधानी शोणितपुरतर्पm लम्केको (श्लोक २) र बाह्र अक्षौहिणी सेनाले शोणितपुर घेरेको (श्लोक ४) र वाणासुर पनि नौअक्षोहिणी सेना लिएर कृष्णको सेनासंग लड्न आएको (श्लोक ५) वर्णन छ । युद्धमा सहस्त्रवाहु वाणासुरका हातहरू काटिनुका साथै चार हात मात्र बाँकी रहेको वाणासुरले हार स्वीकार गरेको (श्लोक ४९) र वाणासुरले उषा–अनिरुद्धलाई रथमा राखी ल्याएपछि कृष्ण पनि नाति–बुहारीसहित एक अक्षौहिणी मात्र सेनाको साथमा द्वारिकातर्पm फर्केको (श्लोक ५२) वर्णन छ ।

श्रीमद् भागवत्मा वर्णित कथा इतिहास होइन, अनुश्रुति मात्र हो । ‘नेपाली बृहत् शब्दकोश’ मा घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धा हुने सैनिक समूहलाई अक्षौहिणी सैन्य मानिएको छ । तर ‘संक्षिप्त नेपाली शब्दसागर’ मा अक्षौहिणी सेनामा पैदलको संख्या १,०९,३५०, घोडचढीको संख्या ६५,६१०, रथको संख्या २१,७८० र हात्तीको संख्या २१,७८० बताइएको छ । यसरी एक अक्षौहिणी सैन्यमा २,१८,७०० सैनिकसंख्या हुन्छ । विभिन्न स्रोतमा अक्षौहिणीको संख्या बेग्लाबेग्लै बताइएको परिप्रेक्ष्यमा अक्षौहिणीको सही संख्या पत्ता लगाउन सकिंदैन । पुराण ग्रन्थहरूमा अतिशयोक्तिको उपयोग गरिने भएकाले तिनमा उल्लिखित सबै कुरा प्रमाणित गर्न सकिंदैन । कृष्णको १३ अक्षौहिणी र वाणासुरको ९ अक्षौहिणी सेनाबीच युद्ध शोणितपुरमै भएको हो भन्ने पनि त अर्थ लाग्दैन । अक्षौहिणी सैन्यमा सम्मिलित अश्वारोही र पैदल सैनिक शोणितपुरसम्म पुग्न सक्ने भए पनि हस्त्यारोही तथा रथारोही सेनाले त वाणासुरको विशाल राज्यकै सीमान्त प्रदेशतिर मात्र संग्राममा भाग लिन सक्ने देखिन्छ । तसर्थ कृष्ण–वाणासुर युद्धको समेत दसीप्रमाण भेट्टाउन नसकिने अवस्थामा दुवै पक्षका २२ अक्षौहिणी सैन्यको बीचमा घोरघमासान युद्धको त कल्पना मात्र गर्न सकिन्छ ।

जे होस्, परापूर्व कालदेखि शोणितपुर भेकमा बसोवास गर्दै आइरहेका गोपाली (नेवारीमा ग्वा) हरूले आपूmलाई कृष्णको सैन्यसित आएका यदुवंशीहरूको सन्तति मान्ने गरेको किम्बदन्ती र नेपालमा गोपालवंश र महिषपालवंशको राज्यशासनको इतिहास महत्वपूर्ण प्रतीत हुन्छ । तेजप्रकाश श्रेष्ठको संयोजकत्वमा तयार पारिएको ‘गोपाली लोकवार्ता तथा लोकजीवन’ शीर्षकको ग्रन्थमा जनाइएअनुसार ‘गोपालीहरू आपूmहरू उपत्यकामा गोपाली, ग्वाला, ग्वार, ग्वा नामले र तराईमा आभीर, अहिर, यादव आदि नामले चिनिएको कुरा बताउँछन् । गोपालीहरू हाल उपत्यकाभित्र र मकवानपुरवरपर विशेष गरी थानकोट, मच्छेगाउँ, कीर्तिपुर, बलम्बु, टिस्टुङ, पालुङ आदि स्थानमा बसोवास गर्दछन् । गोपालीहरूको सम्बन्ध पशुपतिनाथको उत्पत्ति, श्रीकृष्णको काठमाडौं उपत्यका आगमन, उपत्यकामा मानववस्ती बस्न उपयुक्त भएको अनेक पौराणिक र ऐतिहासिक अवदानहरूसँग गाँसिएको देखिन्छ । अतः गोपालीहरू नेपाल उपत्यकामा शासन गर्ने पहिलो ऐतिहासिक प्राचीन जातिका रूपमा प्रसिद्ध छन्’ (गोपाली लोकवार्ता, २०६४ ः १०) । यसरी नेपालमा द्वापरयुगदेखि अस्तित्वमा देखिएको ग्वाला जातिका ‘गोपालीहरू आपूmलाई प्राचीन जातिका मान्दछन् । उनीहरू द्वापरयुगमा सोनितपुर (हाल थानकोट) का दानवराज वाणासुरको तेजोवध गर्न द्वारिकापुरीबाट भगवान् कृष्णका साथमा आएका ग्वालाका सन्तान भएकोमा विश्वस्त छन् । साथै आपूmलाई नन्दगोपाल भन्न रुचाउने गोपालीहरू नेपालका पहिलो राजा भुक्तमान ग्वालाका सन्तान भएको दावी समेत गर्दछन् । तराईमा बसोवास गर्ने यादवहरूसँग पनि गोपालीहरूको सम्बन्ध रहेको भनाइ पाइएको छ । तिनको पुर्खाका सम्बन्धमा प्रमाणित तथ्य फेला परिसकेको छैन । इतिहास र वंशावलीमा उल्लेख भएका तथ्यहरूको अध्ययनबाट गोपालीहरूको भनाइमा केही सत्यको पुट रहेको भने पाउन सकिन्छ’ (गोपाली लोकवार्ता, २०६४ ः ३२) ।

द्वापरयुगको कुरा अनुश्रुतिमा आधारित भए तापनि तराईका यादवहरूसँग चाहि. हाल नेवार जातिको एक अभिन्न अङ्ग बनिसकेका गोपालीहरूको निकटतम सम्बन्ध हुन सक्ने देखिन्छ । नेवारी भाषा नै बोल्ने भए पनि गोपालीहरूको बोलीमा ‘लवज, शब्द, वर्णविन्यास, उच्चारण र वाक्यगठन आफ्नै प्रकारका’ हुनुका साथै सामाजिक रहनसहन, खानपान, वेशभूषा, चाडपर्व आदिमा पनि ‘आफ्नै मौलिकता झल्कन्छ’ (गोपाली लोकवार्ता, २०६४ ः ३२) । प्राचीन नेपालमा गाईपालक (गोपाल) र भैंसीपालक (महिषपाल) दुई थरीका ग्वालाहरूले शासन चलाएको तथ्यको आधारमा भन्ने हो भने गोपालीहरू एकै खेपमा नेपालमा बसाइँ सरेका थिएनन् । किनभने ‘नेपालमा भुक्तमान ग्वालादेखि यक्षगुप्तसम्म आठ गोपालवंशी राजाहरूले शासन चलाएका थिए भन्ने कुरा इतिहासबाट पुष्टि हुन्छ । त्यसपछि दक्षिण दिशाबाट आएका अहीर गोपालीहरूले रैथाने गोपालीहरूलाई पराजीत गरी नेपालमा राज्य गरे । यी अहिर गोपालीका तेस्रो पुस्ताका राजालाई पनि किराँतहरूले पराजीत गरेको वंशावलीमा उल्लेख छ’ (गोपाली लोकवार्ता, २०६४ ः ३९) ।

गोपालीहरूको बाक्लो उपस्थिति रहेको शोणितपुरको वर्तमान प्रचलित नाम थानकोट हो भने नेवारी नाम चाहिं थक्वा हो । गोपालवंशी राजाहरूका दर्बारहरूमध्ये सबभन्दा अग्लो ठाउँमा रहेको दर्बार हुँदा नेवारीमा ‘थक्वाथ’ भनिएको र त्यसैको अपभ्रंश हुँदै ‘थक्वात’ बाट यो नाम रहन गएको हो (मिश्र, २०२० ः ३३) । लिच्छविकालमा ‘थेन्चोग्राम’ भनिने यस ठाउँमा पछि किल्ला (कोट) बनाइएको हुनाले ‘थेन्चो’ को अपभ्रंश रूप ‘थेन्’ को ‘थान’ भई थानकोट नाउँ रहन गएको होला (रेग्मी, २०२६ ः ५७) भन्ने जगदीशचन्द्र रेग्मीको धारणा छ भने हिन्दी भाषाको ‘नालन्दा’ विशाल शब्द सागरमा चाहिँ देवकोट अथवा देवीकोटलाई वाणासुरको राजधानी भनिएको तथ्यको हवाला दिंदै एस.एस. शर्माले ‘थान’ अर्थात् ‘देवताको स्थान’ वा ‘ठाउँ’ र ‘कोट’ अर्थात् ‘दरबार’ को योगबाट ‘स्थानकोट्ट’ नाम रहन गएको र पछि अपभ्रंश भई थानकोट नाम अस्तित्वमा आएको हो भन्ने राय प्रकट गरेका छन् (शर्मा, २०२६ ः ७) । सम्भवतः लिच्छवि कालमा प्रशासनकेन्द्र वा अड्डालाई ‘स्थान’ भनिन्थ्यो । तसर्थ अड्डाघर र किल्ला रहेको ठाउँ हुनाले ‘स्थानकोट्ट’ भनिएको र त्यसैको आधारमा थानकोट नाउँ रहेको हुन सक्छ (रेग्मी, २०४० ः २४) भनी जगदीशचन्द्र रेग्मीले पनि आफ्नो अर्को कृतिमा यस धारणाको पुष्टि गरेका छन् ।

गोर्खाका राजा पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्ने क्रममा दुई अग्ला पर्वतहरू (नागार्जुन र चन्द्रागिरि) को बीचमा नैकापदेखि बिस्तारै माथि उठ्दै गएको र चारैतिर मनोरम दृश्य देखिनुका साथै उपत्यकाको सम्पूर्ण भाग तथा विभिन्न जिल्लाको एकैसाथ दृश्यावलोकन गर्न सकिने दहचोक डाँडामा अवस्थित इन्द्रदहको उत्तरतर्पmको अग्लो ठाउँमा गोरखनाथ, मनकामना र बाघभैरवको साधना गरी चारवटा गढ (किल्ला) बनाई कोतपूजा गर्ने व्यवस्था गर्नुका साथै सैन्य संगठन गरेर उपत्यका विजय गरेका थिए । बडादशैंमा त्यसै किल्लाबाट थानकोटमा पनि फूलपाती लगिन्छ । संक्षेपमा तेजप्रकाश श्रेष्ठको शब्दमा भन्ने हो भने ‘यस प्राचीन नगरीको आफ्नै परम्परा छ, आफ्नै सांंस्कृतिक निधि र विधि छन् । महालक्ष्मी, आदिनारायण, इन्द्रविनायक आदि देवदेवीद्वारा संरक्षित यस गाउँमा चाडपर्व र मेलाजात्राको कमी छैन । कृष्णजात्रा होस् वा गाईजात्रा, टाउको लुकाउने जात्रा होस् वा खड्गजात्रा, जुनसुकै जात्रामा पनि ग्रामवासीहरू उत्तिकै उल्लासका साथ भाग लिन्छन् र भोजभतेरमा मस्त हुन्छन् । कात्तिक–मंसिरमा धानबाली भित्य्राइसकेर वर्षदिनको दुःख–सुख, वर्षा–जाडो, हिलो–हुरी सबै बिर्सिएर थानकोटवासीहरू थानकोटे जात्रा भनिने महालक्ष्मी–जात्रा (सिन्दूरजात्रा) मा रमाउने गर्छन् । त्यति बेला थानकोट सिंगै उल्लासमय वातावरणमा फक्रक्क फक्रेको हुन्छ’ (श्रेष्ठ, २०६३ ः १) ।

अब वाणासुरको राजधानी शोणितपुर अर्थात् वर्तमान थानकोटकै सर्सर्ती विचरण गरौं । बीसौ शताब्दीको मध्यसम्म चन्द्रागिरी भञ्याङबाट तल ओर्लेर काठमाडौं उपत्यकामा पदार्पण गर्दा अलि भिरालो बाटोको दुवैतिर केही घरहरू भएको सानो बजारको सिरानमा रहेको सत्तलको दलानमा आरा मगर्ने गरेका थिए । त्यो चुनीखेल बजार हो । त्यसको पुछारमा गल गोदाम भनिने ठाउँदेखि काठमाडौंसम्म मोटर चडेर जान सकिन्थ्यो –हाल यसको नजिकै चन्द्रागिरिको टृप्पामा रहेको भालेश्वर पुग्ने रज्जुमार्ग (कैबलकार) सञ्चालित छ) । यस पुरानो पैदल बाटोले हाल गणेशमान–मार्ग भन्न नाउँ पाएको छ (यहाँ सर्वमान्य जननेता गणेशमान सिंहको प्रतिमा स्थापना गरिनुपर्ने हो) त्यस ठाउँबाट पैदलै हिंड्ने बाटो समातेर तल्तिर झरेपछि मूल थान्कोट भेटिन्छ । त्यसको सिरानमा चोछेँटोलको पुछारमा तीनधारा भएको फराकिलो चोक भेटिन्छ । यसको एकातिर चाँगुनारायणभन्दा पनि पुरानो आदिनारायणस्थान र अर्कोतिर भग्न कोतघर छ । थानकोटको यस मूल चोकको अर्को पुछारमा भ्mयालमपाटी भनिने चारैतिर भ्mयाल भएको पाटी छ । त्यसको एक बगलबाट लायब (सम्भवतः राजदबटिका) भनिने टोलतिर झर्ने बाटो छ भने अगिल्तिरबाट द्योलँ (देवमार्ग) भनिने तेर्सो मूलबाटो तन्किएको छ । यसको पुछारतिर एकातिर ताहाननी टोल छ भने मैदानको बगलमा तानकोज्ञकी आराध्यदेव िमहालक्ष्मीको तलेशैलीको मन्दिरसहितको प्रागण छ । त्यसभन्दाम्नि केह ीओरालो झरेपछि सानो पाटीसहितको ताफल भनिने खुला ठाउँ छ । त्यहाँबाट तल्तिर लागेपछि पवित्र गयानदी (गःखु) हुँदै तल्तिर लाग्दा चैत्य र पोखरी भएको ठाउँ आउँछ । त्यहाँबाट एउटा बाटो इमाखेल भनिने बजारतिर लाग्दछ भने अर्को बाटोले त्रिभुवन स्मारकको निकुञ्जतर्पm डो-याउँछ (हाल त्रिभुवनको सालिक रहेको ठाउँमा यसै लेखकको परिवारजनलाई वर्षभरि खान पुग्ने धानबाली उब्जने खेत थियो) । यी दुवै ठाउँलाई सन् १९५८ मा निर्मित भई वाणभञ्ज्याङबाट उपत्यका भित्रिने त्रिभुवन राजपथले जोडेको छ र यो नयाँ मोटर–सडकको निर्माण भएपछि अब गाडी र बसद्वारासहजै राजधानी पुगिन्छ ।

विगत आधाशताब्दीमा थानकोट भेकको प्राचीन नामले व्यापक प्रचार पाइरहेको देखेर मलाई निकै खुशी लाग्नु स्वाभाविकै छ । आज त्यसको प्रारम्भविन्दुमा लेखिएको ‘उषा–अनिरुद्ध मिलन’ नाटकको नेपालभाषामा गरिएको अनुवाद समेत आफ्नो हातमा परेपछि मनमा विभिन्न भावनाहरूको लहर चलिरहेको छ । चन्द्रागिरि र दहचोक पर्वतको मध्यभागमा अवस्थित वाणभञ्ज्याङदेखि नैकापसम्मको शोणितपुर क्षेत्रमा आधाशताब्दी पहिले (सन् १९५९) को तुलनामा अहिले शिक्षित व्यक्तिहरूको संख्या प्रशस्तै भएको अनुभव गरेको छु । हाल चन्द्रागिरिको फेदीमा अवस्थित थानकोट गोदामचौरबाट भालेश्वरसम्म रज्जुमार्ग (कैवलकार) संचालन गरिएपछि प्राचीन थानकोट पनि पर्यटकीय गन्तव्य बनिरहेको छ र नेपालको राजधानीको एक प्रमुख द्वारको रूपमा यस भेकले भविष्यमा अझ उन्नति गर्दै लग्ने छ । निसन्देह नै प्राचीन शोणितपुर भेकको अतीत गौरवमय थियो, वर्तमान विकाशोन्मुख छ र भविष्यमा यसले सुनको चमक (भौतिक समृद्धि) र चन्दनको महक (बौद्धिक उन्नति) प्राप्त गरी गरिमामय अत्युच्च स्थान ग्रहण गर्ने सुनिश्चित छ ।

रूसतिर प्रस्थान गनुंभन्दा पहिले झण्डै छ दशकजति अघि जन्मथलो थानकोटको प्रचीन नामको प्रचार गर्ने धून चलेको परिप्रेक्ष्यमा मेरा फुपेरा भाइ नारायणप्रसाद श्रेष्ठको सक्रियतामा ‘उषा–ज्निरुद्ध मिलन’ नाटक लेखिएको र मञ्चन समेत गरिएको थियो । तर त्यसको पाण्डुलिपि सुरक्षितै होला भन्ने त मैलै मास्कोमा बसेर कल्पना समेत गरेको थिइनँ । सौभाग्यवश थानकोटका समाजसेखी mेरा भाइ नारायणप्रसाद श्रेष्ठले आधा शताब्दीसम्म हिफाजतपूर्वक सुरक्षित राखेको नेपाली नाटकको पुरानोे पाण्डुलिपिको आधारमा हाल थानकोटमा सन्चालित हलिं इंगलिस स्कूलकी प्रधान अध्यापिका, बलम्बुनिवासी युवती ऋजु श्रेष्ठले निकै मेहतन गरी मैले कुनै जमानामा थानकोट भेकmब युवाहरूमा चुरोट आदिको लत, तास खेलेर समय खेर फाल्ने प्रवृत्ति, जातपातको भेदभाव जस्तो कुरीतिको समेत छद्म विरोध गरी शिक्षाप्रचारका लागि नेपालीमा रचना गरेको ‘उषा–अनिरुद्ध मिलन’ नाटकलाई नेवारी (नेपालभाषा) मा समसामयिक परिष्कृत शैलीमा अनुवाद गरी पुनर्जन्म दिएको र हलिं नेवा गुथि (विश्व नेपालभाषा गुठी) का तर्पmबाट आधा शताब्दीअघि नाटकको मञ्चनमा सहभागी बनेका मेरा सहयोगी दौंतरीहरूको फोटोसहित प्रकाशित गरिएकोमा मेरो जन्मथलोका सम्बन्धित सबै इष्टमित्रहरूमा हार्दिक कृतज्ञता ज्ञापन नगरी रहन सक्तिनँ ।

सन्दर्भ ग्रन्थसूची
गोपाली लोकवार्ता, २०६४ गोपाली लोकवार्ता तथा लोकजीवन, परियोजना निर्देशक तुलसी दिवस, सम्पादक ः तुलसी दिवश तथा तेजप्रकाश श्रेष्ठ, नेपाली लेकवार्ता तथा संस्कृति समाज, काठमाडौं, वि.सं. २०६४ ।
चेमजोङ, १९६६ ःऋजझवयलन ी।क्। ज्ष्कतयचथ ७ ऋगतिगचभ या प्ष्चबत एभयउभि। प्बतजmबलमग, ज्ञढटट ९घचम भ्मष्तष्यल०।
नेपाल महात्म्य, २०२८ ः नेपाल महात्म्य. अनु. मुक्तिनाथ खनाल. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौं, वि.सं. २०२८ ।
मिश्र, २०२० ः मिश्र मदनमोहन, नेपाल संस्कृतिया छगू झलक ।।कान्तिपुर, ने.सं. १०८४ वि.सं. २०२० ।
रेग्मी, २०२६ ः रेग्मी जगदीशचन्द्र, लिच्छवि–संस्कृति, रत्न पुस्तक भण्डार, काठमाडौं, वि.सं. २०२६ ।
. रेग्मी, २०४० ः रेग्मी जगदीशचन्द्र, प्राचीन नेपाली संस्कृति, साझा प्रकाशन, काठमाडौं, वि.सं. २०४० ।
शर्मा, २०२६ ः शर्मा एस.एस., खोजखाज, भानु–प्रकाशन, काठमाडौं, शर्मा प्रिन्टिङ्ग प्रेस, भद्रपुर (मेची अञ्चल), २७ पौष २०२६ ।
श्रेष्ठ, १९९६ ः श्रेष्ठ कृष्णप्रकाश, स्वस्थानी, हिमाल प्रकाशन गुठी, मास्को, ई.सं. १९९६ । .(रूसी भाषामा)
श्रेष्ठ, २००८ ः श्रेष्ठ कृष्णप्रकाश, इतिहासको परिप्रेक्ष्यमा नेपालका किम्बदन्तीहरू र परम्परागत उत्सवपर्वहरू
।।प्रादेशिक विकासका विशेषताहरु ः भारत, नेपाल, तिब्बत (प्राच्य संस्कृति – २), मास्को, ई.सं. २००८ । (रूसी भाषामा)
श्रेष्ठ, २०६७ ः श्रेष्ठ कृष्णप्रकाश, स्थाननामकोश, हिमाल किताब, काठमाडौं, वि.सं. २०६७ ।
श्रेष्ठ, २०६३ ः श्रेष्ठ तेजप्रकाश, शोणितपुर हो प्राचीन नाउँ, शोणितपुर साहित्य, सङ्गीत तथा कला समाज, काठमाडौं, वि.सं. २०६३ ।
संस्कृत–रूषी, १९७८ ः संस्कृत–रूषी शब्दकोशः, मास्को, १९७८ ।

दिनाङ्क, ५ अगस्ट २०१७ (शनिवार)
मास्को, रूस महासंघ ।

विभिन्न अनलाइनमा प्रकाशित 

Chandragirinews careerad वाणासुरको राजधानी शोणितपुरको यात्रा (कृष्णप्रकाश श्रेष्ठ) शिक्षा    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad वाणासुरको राजधानी शोणितपुरको यात्रा (कृष्णप्रकाश श्रेष्ठ) शिक्षा    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments