आज एसइइको नतिजा प्रकाशित हुँदै

काठमाडौँ, ९ असार ।  माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजा (आज) शनिवार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार तीन बजेसम्म नतिजा प्रकाशित हुनसक्ने जानकारी दिए ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ । एसईई परीक्षा गत चैत ८ गतेदेखि सञ्चालन भएको थियो ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।