कति ग्रेडिङ ल्याउनेले कक्षा ११ मा के विषय पढ्न पाउँछन् ?

काठमाडौं,असार ३ – कक्षा १० को परीक्षाको मूल्यांकन लेटरग्रेडिङमा हुन थालेपछि नतिजा कमजोर आएको छ । अघिल्लो वर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३७ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६ देखि ४.० ल्याउने विद्यार्थी १६ हजार थिए । तर, यस वर्ष एसइईमा नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी विद्यार्थीमध्ये जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ मात्रै छ ।

कक्षा ११ मा कसले के विषय पढ्न पाउँछन् ?
समूह १ – विज्ञान समूह : विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर साइन्स विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।
समूह २ –प्राविधिक विषय : भोकेसनल ग्रुपका विषयहरू एनिमल साइन्स÷प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछ । विज्ञान, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।
समूह ३ : गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने । ती विषयका लागि एसइईमा गणित, अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने ब्यवस्था गरेको छ ।
समूह ४ : फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने छ । एसइईमा साइन्स र म्याथमा न्यूनतम सी र अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ ।
समूह ५ : अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसइईमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ ।
समूह ६ : मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय भएको छ । परिषद्ले मास कम्युनिकेसनका लागि डी प्लस नचाहिने गरी निर्णय परिमार्जन गरेको छ ।
समूह ७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । त्यसैगरी नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने छ ।
समूह ८
पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्सका अध्ययका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।
समूह ९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । त्यसैगरी, एसएलसीमा इपिएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लसको व्यवस्था गरेको छ ।
समूह १०
ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएमा विद्यार्थीले भर्ना पाउ“छन् । परिषद्ले संस्कृत पढ्नेका लागि इंलिसमा डी प्लस नचाहिने निर्णय गरेको छ ।
समुह ११
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापानिज, उर्दु, जर्मन, चाइनिज र अरु भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने ब्यवस्था गरेको छ ।
समूह १२
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टीङ, एप्लाइड आर्ट, स्पोर्टस र अरु विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरेको छ ।

अाजको नयाँ पत्रिकामा खबर छ ।