कागेश्वरी मनोहरा प्याब्सनको आयोजनामा गणित शिक्षक तालिम सम्पन्न ।

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा एकदिने गणित शिक्षक तालिम सम्पन्न भएको छ । असार २८ गते शनिबार भेनस कलेजमा आयोजित तालिममा करिब ५५ जना प्राइमरी र निम्न माध्यमिक शिक्षकहरुलाइ तालिम दिइएको थियो ।

काठमाडौं युनिभर्सिटीका प्रशिक्षक इन्द्रमणी श्रेष्ठले दिनुभएको प्रशिक्षणमा शिक्षकहरुलाई कागज र काठको आकृति बनाएर अध्यापन गराउने विषयमा प्रशिक्षण दिइएको थियो भने कक्षाकोठामा गणितीय कला सम्बन्धमा कार्यशाला गरिएको थियो। साथै गणित शिक्षण सम्बन्धि अनुभव आदानप्रदान समेत गरिएको थियोे । कार्यक्रममा बोल्दै प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटी अध्यक्ष श्रीराम दाहालले क्यालेन्डर अनुसार आगामी कार्यक्रमहरुलाइ निरन्तर रुपमा अगाडी बढाउने जानकारी दिनु भयो । उहाले यस्ता तालिम तथा विभिन्न अतिरिक्त क्रियाकलापहरु अगाडि बढाउदै विद्यार्थीको क्षमता बिकासमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।साथै परिबर्तित परिमार्जित शिक्षण प्रणालीलाई अगाडि बढाउने प्रण समेत गर्नु भयो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन ३ न प्रदेश प्रमुख थकिन कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको थियोे । उक्त कार्यक्रमको इभेन्ट मेनेजर प्रारम्भ एकेडेमीका प्रीन्सिपल कृष्ण गौतम रहनु भएको थियो भने प्रारम्भ एकेडेमी, भेनस कलेज र प्याराडिजम एजुकेसन नेटवर्क (PEN )को सहयोगमा तालीम सन्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे ।साथै सहभागीहरुले प्रशिक्षण निकै उपलब्धिपुर्ण रहेको बताएका छन ।