घमौराबाट बच्ने सजिला उपायहरु

चन्द्रागिरि ।
गर्मी मौसममा सबैभन्दा बढी समस्या घमौरा अथवा प्रीकली हीटको हुन्छ । चिकित्सकका अनुसार, गर्मी मौसममा घमौराबाट बँच्ने यस्ता छन् उपायहरु ।

-सबैभन्दा घमौरा बच्चाहरुलाई नै हुने गर्छ । किनभने उनीहरुको स्विट ग्लेंड्स पूरा तरिकाले फंक्शनल हुँदैन । यस्ता बच्चालाई नुहाइसकेपछि पाउडर लगाउन अति आवश्यक हुन्छ ।

-वयस्क मानिसहरूले पनि गर्मीमा कसिलो कपडा लगाउनु हुँदैन । गर्मीमा नायलन र रेयानको कपडा लगाउनबाट बँच्नु पर्छ । कूल कपडा, कटन वा लेनिनको कपडा मात्र विशेषगरि लगाउनुपर्छ ।

-यदि तपाईलाई हरेक गर्मी मौसममा घमौरा आउँछ भने चन्दनको प्याक बनाउनुहोस् । राति सुत्नु भन्दा पहिला यसलाई शरीरमा लगाउनुहोस् । यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ । चन्दनले शरीरलाई चिसो पनि राख्छ ।

-यस्तै तरिकाले एलोभेरा र लेमन जूस पिउनुहोस् । दिनहुँ बिहान उठेर खाली पेट २ चम्मच एलोभेरा जूसमा ८ देखि १० थोपा कागतीको रस मिलाएर चिसो पानीमा घोलेर खानुहोस् । यसले तपाई बाहिर जाँदा पनि घमौरा निस्कन पाउँदैन ।

-गर्मीमा नियमित रुपमा प्याज खानाले घमौरालाई नियन्त्रण गर्न सकिन्छ ।

-कुरिलो जडिबुटीलाई दुई मिलिग्राम तपाई चिसो पानीको साथ खानुहोस् । यसले तपाईको शरीरलाई चिसो राख्छ ।

-भेसलिन वा हेभी क्रिमलाई गर्मी मौसममा शरीरमा लगाउनुहुँदैन ।

-तपाई घमौरालाई कम गर्नको लागि क्याल्माइन लोशन लगाउन सक्नुहुन्छ । यसले घमौरा चिलाउँन कम हुन्छ ।