नेपाल शिक्षक महासंघको प्रदर्शनी

नेपाल शिक्षक महासंघको अगुवाईमा आज राजधानीको प्रदर्शनी मार्गमा विशाल शक्ति प्रदर्शन गरिएको छ ।
पटक पटक शिक्षकसँग गरिएका सहमतिहरु कार्वान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ 26 बुँदे माग राख्दै चरणबद्ध रुपमा शिक्षकहरु आन्दोलनरत छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा कार्तिक 30 गते स्थानीय तह, मङ्सीर 7 गते प्रदेश शिक्षा कार्यालय घेराउ तथा आज राजधानीमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो ।
बाल्मिकी क्याम्पस प्रदर्शनी मार्गबाट सुरु भएको विशाल र्याली भृकुटी मण्डपमा पुगेर कोण सभामा परिणत भएको थियो ।
शक्ति प्रदर्शनीमा हजार विभिन्न प्रकारका शिक्षकहरु सहभागी भएका थिए ।