ब्राइट एन्जेल्स, स्कुलको २२औ अभिभावक दिवस सप्पन्न

२०७५ फागुन ११ गते शनिबार ब्राइट एन्जेल्स, स्कुल चन्द्रागिरी ७ थानकोट को २२औ अभिभावक दिवस तथा १४औ एस इ इ सम्मान २०७४ भब्यताकासाथ सप्पन्न भयो ।यसै अवसरमा चन्द्रागिरी नगर शिक्षा शाखा प्रमुख नवराज रिजाल , स्रोत ब्याक्ती हरिकृष्ण अर्याल , बिद्यालय समन्वय कर्ता मनोज कुमार सिग्देल त्रयंलाई सम्मान गरिएको थियो ।

प्रमुख अथिती च .न.पा. उप सचिव पदम राज आचार्य र बिशेष अथिति महानगरीय प्रहरी बृत थानकोट का डि एस पि कुमार बिक्रम थापा रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले रोचक प्रस्तुति प्रदर्शन गरेका थिए ।सबै शिक्षक -कर्मचारीहरुको अथक मिहेनत ,अभिभावक ज्यु हरुको साथ सहयोग ,बिद्यार्थीको लगनशीलता र शुभेच्छुकहरुको सुझाव सहयोगको कारण सफलता पुर्बक सप्पन्न  भयो ।