महानगर प्याब्सनले भब्यरुपमा लोक सास्कृतिक नृत्य महोत्सव गर्ने ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनल नेपाल (प्याब्सन) काठमाडौँ महानगरपालिकाको आयोजनामा असार ३० गते सोमबार २०६औँ भानु जयन्तीको अवसरमा ‘लोक सांस्कृतिक नृत्य महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम’ हुने भएको छ ।
बुधबार प्याब्सन काठमाडौँको कार्यालय, गोंगबुमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराईएको हो ।
राष्ट्रिय नाचघघरमा आयोजना गरिने उक्त कार्यक्रममा प्याब्सन काठमाडौँ महानगरमा आवद्ध २७ विद्यालयका विद्यार्थीहरुले विभिन्न जातजाति, भाषाभाषी, धर्म र क्षेत्रमा प्रचलित मौलिक लोक सांस्कृतिक नृत्य प्रस्तुत गर्ने छन् ।

अक्त अवसरमा नेपाली संस्कृति र साहित्यका शिखर पुरुष सांस्कृति विद तथा वांमय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेलाई अभिनन्दन गरिने बताइएको छ।

नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो । मुलुकको पहिचान भनेकै भाषा र संस्कृति नै हो । यही तथ्यलाई हृदयंगम गर्दै प्याब्सन काठमाडौँ महानगरले काठमाडौँ महानगर भित्र रहेको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागि गराई आफ्नो मौलिक पहिचानको प्रवद्धन र सम्वद्र्धन गर्ने उद्देश्यले नेपालका विभिन्न जातजाति, भाषाभाषी, धर्म र क्षेत्रमा प्रचलित मौलिक लोक सांस्कृतिक नृत्य महोत्सवको आयोजना गर्न लागिएको प्याब्सन काठमाडौँ महानगरकाका अध्यक्ष मुरारी प्रकाश सञ्जेलले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
यस्तै प्याब्सन काठमाडौँ महानगरकाका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बोल्दै नेपालीका लागि आफ्नो मौलिक पहिचानको सम्मान स्वरुप लोक सांस्कृतिक नृत्य महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो ।