विद्यालयका सवारी साधानलाई नयाँ ट्राफिक नियम,के छ नियममा ?(सूचना सहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले काठमाण्डौं उपत्यका भित्र सञ्चालित स्कुल, कलेज तथा अन्य शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता दिने अभियान स्वरुप हिसांन, प्याब्सन र एन प्याब्सनसँग गरिएको सम्झौता कार्यन्वयनका लागि पत्राचार गरेको छ ।

यो सगै शैक्षिक संस्थाहरुले पनि आ-आफ्ना सदस्य विद्यालयहरुलाई नियम पालना गर्न अनुरोध गरेको छ। नयाँ नियम अनुसार सबै विद्यालयहरुले आफ्ना सवारी साधनको रंग पहेलो र चालकले अनिवार्य तोकिएको पोशाक (ड्रेस) लगाउनु पर्ने छ ।यसका साथै ट्राफिक प्रहरी महाशाखासँग गरिएको सम्झौता अनुरुप अन्य नियमहरुको समेत हुबहु पालना गर्न सदस्य विद्यालयलाई अनुरोध गरेको छ ।