‘द भ्वाईस अफ नेपाल’ मा कोचकै गीत गाएर चारै जना कोचहरुलाई चकित पार्ने थानकोट निवासी राजु तामाङको दमदार प्रस्तुति

पछिल्लो समय नेपालमा पनि उच्च गुणस्तरीय टेलिभिजन रियालिटी शो हरुको अन्तराष्ट्रिय फ़्रेञ्चाईजहरु भित्र्याउने होडबाजी निकै चलिरहेको छ । निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ ।

सार्बजनिक पहिलो शृंखलाले युट्युबमा तहल्का पिटिरहेको छ । कान्तिपुर टेलिभिजन मार्फत प्रशारणमा थालनी भएको उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । टेलिभिजन प्रसारण पछि पहिलो श्रृङखला निकै नै उत्कृष्ट रहेको प्रतिक्रियाहरु आए संगै नेपाल आईडललाई पछि पार्ने सबैले अनुमान गरेको छ ।

साताको शनिबार र आइतबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजन मार्फत उक्त्त शोको प्रशारण गरिने छ ।हिजोको एपिसोडमा पनि राम्रा राम्रा पावरफुल कन्टेस्टेन्टहरूले आफ्नो प्रस्तुती दिएका छन् जसमध्ये एक त्यस्ता कन्टेस्टेन्टको हामी प्रस्तुती देखाउँदैछौ यस भिडियोमा । तिनी हुन् थानकोट निवासी राजु तामाङ। उनले कोचकै गीत गाएर चारै जना कोचहरुलाई रिझाउन सफल भए ।