नेपसाेलकाे म नेपाली युवा पुर्णरूपमा नअाउदै भाईरल

राेसन दानी (म नेपाली युवा,कामले बेरोजगार,कैले रोजगार,दिन्छस सरकार किन्यो अखबार,बिदेशि रोजगार,म बेरोजगार युवा धेरै छन मेरा प्रश्न,अवस्था छैन यांहा ,आफ्नै देशमा बस्न नेताहरु खप्पिस,कुराले छुरा धस्न,महङ्गी आकासिदै युवा खाडी भास्सिदै,गर्मीमा निस्सासिदै,युवाशक्ति मासिदै जोश थियो प्रचुर,जांगर भरपुर,थिएं मजबुर बन्न बिदेशी मजदुर,भोट हालें,नारा थियो रोजगारको,चुनाव पछि,बाल रहेन सरकारको) हेर्दा झट्ट लाग्ने कविताकाे पङ्त्ती लाग्ने यी शब्दहरू कुनै कविताका पङ्त्तीहरू नरहेर राष्ट्रलाई माया गर्ने एक युवाकाे नेपाली छुटै प्याटन भरिएकाे र्‍याप गित हाे । उत्कृष्ट शव्दहरूले भरिएकाे याे र्‍याप गित नेपालीहरूकाे वास्तविक कथालाई शाव्दिक रूपमा प्रस्तुत गर्ने खाजेका गायक हुन नयाँ अनुहारका नेपसोल । उनी साङ्गित क्षेत्रमा उनी नयाँ र नाैलाे अनुहारनै हुन तर पनि हालै म नेपाली युवा,कामले बेरोजगार,र्‍याप गित ट्रायल भर्सन निकै भाईरल भएकाे छ । नेपसोलकाे गित पुर्ण रूपमा नअाए पनि उनकाे गित ८० हजारले हेरिसकेका छन् जुन अाउन वाकीनै छ । गितकाे विचमा पिच भने सहकुल गिरीले दिएका छन् । याे गितकाे विशेषता भनेकै हरेक नेपाली युवा देखि सरकारकाे विषयवस्तु मर्म,भाव र शब्द चयनलेनै हिट वनाएकाे छ । सामान्य भिडियो ग्राफी रहेकाे उत्त र्‍याप गित चाडै पुर्णरूपमा दर्शक स्राेतामाझ ल्याउदै छन नेपसाेल ।छन्दमा रुचि राख्ने नेपसाेलकाे हिट जिङ्ग्ल बाल गित लेखिसकेका छन् । शब्द संग खेल्न सक्ने नेपसाेलकाे विश्वकपलाई पनि लक्षित गरि विभिन्न शब्द र संगितकाे प्रस्तुति चाडै ल्याउने वताईएकाे छ । सफलताको हाम्रो पनि शुभकामना नेपसाेल द गुड रारारारा नेपाली मन ।