होलीलाई विकृति हटाई संस्कृतिको विकास गरौ

फागु पुर्णिमामा मनाउने होली पर्वमा संस्कृतिका नाममा विकृत तरिकाले होली खेल्ने र चरम लापर्बाही गर्ने प्रवृत्ति देखिएको हुंदा होली पर्वलाई अनुशासित र सुसंस्कृत बनाउन महानगरीय प्रहरी प्रभाग वलम्बुले सुरक्षा व्यवस्था कडा गर्नुका साथै देहायका कार्यहरु गरेको खण्डमा निजहरुलाई पक्राउ गरि सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गरिने समेत जानकारी गराउंदछ :
 जवर्जस्ती कसैमाथि रंग भएको पानी हालेमा वा रंग दलि दिएमा ,
 जवरजस्ती अर्काको घरमा प्रवेश गरि होली खेलेमा ,
 अनुहार नै नचिनिने गरि विभिन्न रंग रोगन गरि अनुचित तवरले हिंडेमा ,
 मादक पदार्थ एवं लागूऔषध समेत सेवन गरि होहल्ला तथा झैझगडा गरेमा तथा महिलाहरु प्रति दुर्व्यवहार गरेमा ,
 विना हेलमेट मोटरसाइकल चलाएमा ,
 जथाभावी तवरले सार्वजनिक सवारी चलाएमा, सार्वजनिक सवारी साधनको छत एवं हुडमा वसेर यात्रा गरेमा ,
 चाडपर्वको नाममा डोरी टांगेर वा अन्य कुनै प्रक्रियावाट चन्दा उठाएमा ।

होलीको नाममा समाजमा यस्ता विकृति एवं अशान्ति फैलाउने गतिविधि गर्नेलाई कानून वमोजिम कारवाही गरिने हुंदा त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न समेत वलम्वु प्रहरी प्रभागले अनुरोध गरेको छ।