हरी हुमागाइको निर्देशनमा थापाको ‘ओ प्रिया’

  • 36
    Shares

सांगितिक रियालिटी शो “नेपाल आइडल”मा उत्क्रिष्ट प्रस्तुती दिदै आएका गायक सुरज थापाको ‘ओ प्रियाा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शब्द संगीत तथा स्वर समेत गायक थापा स्वयंको रहेको उक्त गीतको भिडियो निर्देशन हरी हुमागाइले गरेका हुन। थापाको यस अगी सार्वजनिक भएको बहुला हुँ म बहुला बोलको गीत निकै चर्चित छ । भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो जसमा निराजन प्रधान र सुमी मोक्तानको अभिनय रहेको छ भने सम्पादन निशान घिमिरेले गरेका छन। क्रन्दन एल्बम मा समाहित उक्त गीत तथा भिडियो युट्युब मार्फत विश्व ब्यापी रिलिज गरिएको छ। हाल नेपाल आइडलमा टप-९ सम्म पुग्न सफल गायक थापाले आफ्नो साङ्गितिक करीयर अझ माथि उकास्न यस गीत तथा भिडियोले निकै मद्धत गर्नेमा आफु विश्वस्त रहेको वताए।

भिडियो हेर्नुहोस्…


  • 36
    Shares

Comments

comments