
- 17Shares
चन्द्रागिरि ।
स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातासँग मत माग्न घरदैलाेमा पुगिरहेका छन् । विभिन्न ७७ पदका लागि चन्द्रागिरि नगरका ३ सय ९८ जना अाकांक्षीले निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराएका छन् । चन्द्रगिरिन्युज टिमले शनिबार काठमाण्डाै र धादिङ जिल्लाको सिमानामा अवस्थित चन्द्रागिरि नगरपालिका २ मसिनेका केहि स्थानीयसँग अासन्न निर्वाचनको सेरोफेरोमा रहेर उनीहरूको प्रतिक्रिया बुझ्न कोशिस गरेको छ ।
सिंह बहादुर तामाङ (२६)
हामी स्थलगत रिपोर्टिङका क्रममा चन्द्रागिरि नगरपालिका २ मसिने पुग्दा सिंह बहादुर तामाङ ट्रिपर साइड लगाएर घर जाँदै थिए । उनी भर्खरै चुनावी प्रचारप्रसारका लागि एक टोली हेटाैँडा पुर्याएर फर्किएका थिए । उनी अब हुन लागेको निर्वाचनका लागि उत्सुक रहेको बताउँछन् ।
अहिलेसम्म कुनै दल अाफ्नो गाँउमा भोट माग्न नअाएको भन्दै बताउँदै थिए । २ वर्षअघिको भुकम्पले बनाएको घर देखाउँदै उनले भने “घर बनाउन जस्ले सहयोग् गर्छ उसैलार्इ मेरो पहिलो भोट !”
माइली तामाङ (८०)
सानो मसिने कि ८० वर्षीया माइली तामाङ हामी रिपोर्टिङका क्रममा उनको कटेरोमा पुग्दा उनले अाफु केहि दिनयता बिरामी भइरहेको र दम बढेको बताइन् । अहिलेसम्म थुप्रैपटक भोट हालेको र हरेक पटक भोट माग्न अाउने नेता जितेपछि फर्केरपनि नअाएको उनको भनाइ थियो । निर्वाचन बारे निकै उत्साहित हुँदै तामाङले भनिन् “मतदाता नामावलीमा अाफ्नो नाम भएपनि नभएपनि भञ्ज्याङसम्म लाैराे टेकेरै भएपनि भोट हाल्न जान्छु जान्छु ।”
दान बहादुर तामाङ (४६)
अाफु विगत २६ वर्षदेखी मोटर चलाउँदै अाएको बताउने मसिनेका दान बहादुर तामाङ हामी नजिकै रहेको चुनाव बारे बुझ्न उनको घर पुग्दा उनी बाख्रालार्इ घाँस हाल्दै थिए ।
अाफु भोट हाल्न दृढ रहेको भन्दै उनी अाफुले भुकम्पले घर भत्काएर बे घर हुँदा विभिन्न बाहानमा अाफुले पहिलो किस्ताको रकम नपाएको बताउँदै थिए, उनले थपे “जो चुनावमा जितेपनि अाफ्नो लागि सरकारले नीजि अावस बनाउ दिने भनेको रकम उपलब्ध गराअोस् ।”
गोकुल पोखरेल (६५)
चन्द्रागिरि नगरपालिका २ को मसिने गाँउ नजिकै पुग्दा अाँगनमा गोकुल पोखरलको घर नातिनी खेलाउँदै गरेका गोकुल पोखरेल अहिलेसम्म केहि दल चुनावमा भोट माग्न अाएपनि अाफुसँग व्यक्तिगत रूपमा कसैले भोट नमागेको बताउँदै थिए ।
जनता पहिले जस्तो नभएको बताउँदै पोखरेलले अहिले समय फेरिएकोले विगतको जस्तो सोचाइ उम्मेदवारले राख्न नहुने बताउँदै थिए । अासन्न निर्वाचनका बारेमा के भन्नु हुन्छ भन्दा उनले उत्सुक हुँदै भने “राम्रालार्इ भोट दिने हो ।”
हामीले चन्द्रागिरि नगरपालिका वडा नं. २ को सानो मसिनेका एक दर्जन स्थानीयसँग कुराकानी गरेका थियाैँ जसमध्ये अधिकांशले अाफुले मतदाता परिचय पत्रका लागि फोटो नखिचाएको बताए ।
- 17Shares
Comments
