चन्द्रागिरि ।
स्थानीय निर्वाचनको पाँचाै दिन अाज पनि मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा एमालेका देवेन्द्र महर्जनले प्यानलसहितको विजय हासिल गरेका छन् । यसअघि नगरका ७ वडाका नतिजा सार्वजनिक भइसकेका छन् जसअनुसार वडा नं. १, ५ र ६ मा नेकपा एमाले, वडा नं. ३,४ र ७ मा नेपाली काँग्रेस तथा वडा नं. २ मा नेकपा माअोवादी केन्द्रले वडा अध्यक्षमा जित हात पारेका छन् ।

नेकपा एमालेका देवेन्द्र महर्जनले कुल ८०७ मत ल्याइ वडा नं. ९ को वडाध्यक्ष पदमा विजय प्राप्त गर्दा नेपाली काँग्रेसका अच्युत अधिकारीले ५८४ मत प्राप्त गरे ।

Comments

comments