चन्द्रागिरि नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता

चन्द्रागिरि ।

पहिलो चरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न भएका मतदान केन्द्रहरूको मतगणनाको कार्य जारी छ । चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा अाइतबार रातिदेखी मतगणना भइरहेको छ । मंगलबार दिउँसो १२ बजेसम्म नगरका १, २ र ३ वडाका नतिजा सार्वजनिक भइसकेका छन् भने वडा ४ र ५ को मतगणना जारी छ ।

Chandragirinews 18554347_1979499722269380_1942345689_n-e1494916428446 चन्द्रागिरि नगरको उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता नगरपालिका निर्वाचन ब्रेकिंग न्युज वडा chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

चन्द्रागिरि नगरपालिकाको मेयरमाझैँ उपमेयरमा पनि नेपाली काँग्रेस पार्टीले नै अग्रता बनाएको छ । काँग्रेसकी  इन्द्रावति श्रेष्ठले १८६९ मत प्राप्त गर्दा नेकपा एमालेकी निशा नकर्मीले १५१३ मत प्राप्त गरेकी छन् । माअोवादी  केन्द्र तथा राप्रपाका उम्मेदवारहरूले क्रमश ९९५ तथा १५२ मत प्राप्त गरेका छन् ।

यसैबीच चन्द्रागिरि नगरका पहिलो ३ वडाका नतिजाहरू सार्वजनिक भएका छन् जसअनुसार वडा नं. १ मा नेकपा एमालेका राजेन्द्र केसीले प्यानल सहितको विजय हासिल गरेका छन् । वडा नं. २ मा नेकपा माअोवादी केन्द्रका गोपी सुर्खेतीले प्यानल सहित वियज हासिल गरेका छन् त्यस्तै वडा नं. ३ मा नेपाली कांग्रेसका दुर्गालाल महर्जनले प्यानल सहित विजय हासिल गरेका छन् । अहिले च.न.पा ४ र ५ को मतगणना भइरहेको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।