चन्द्रागिरि नगरपालिकाको उप मेयरमा कडा प्रतिस्पर्धा अग्रता १६१ मा छोटियो

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । अाज छैटाैँ दिन मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरीले अाफ्नो अग्रता फराकिलो बनाउँदा उपमेयरमा पनि नेपाली काँग्रेसकै उम्मेदवारको झिनो अग्रता यथावत् छ । नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मी १६१ मतले नेपाली काँग्रेसकी उपमेयर उम्मेदवार इन्द्रावति श्रेष्ठभन्दा पछि छिन् ।

पछिल्लो मत परिणाम अनुसार उपमेयरका प्रत्यासीहरू नेपाली काँग्रेसकी उम्मेदवार इन्द्रावति श्रेष्ठको ७१७१ मत र नेकपा एमालेकी उम्मेदवार लिशा नकर्मीको ७०७० मत रहेको छ । अहिले वडा नं. १२ र १३ को मतगणना जारी छ । उपमेयरमै नेकपा माअोवादी केन्द्रकी उम्मेदवाको ३०९५ तथा राप्रपा की उम्मेदवारको ५८२ मत रहेको छ ।