चन्द्रागिरि नगरपालिकामा ५ वडाको मत परिणाम सार्वजनिक, मेयरमा घनश्याम गिरीको फराकिलो अग्रता

चन्द्रागिरि ।

स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । चन्द्रागिरि नगरपालिकामा बुधबार बिहानसम्म ५ वडाका मत परिणाम सार्वजनिक भएका छन् । मतपरिणाम सार्वजनिक भएका सबै वडाहरूमा प्यानल सहितको जित देखिएको छ । वडा नं. १ र ५ मा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ३ र ४ मा नेपाली काँग्रेसका उम्मेदवारले जित हात पार्दा वडा नं. २ मा माअोवादी केन्द्र विजयी भएको छ । अहिले वडा नं. ६ र ७ को मतगणना जारी छ ।

यसैबीच वडा नं. ४ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म नगरप्रमुखका उम्मेदवार नेपाली काँग्रेसका घनश्याम गिरीको अग्रता फराकिलो  बन्दै गएको छ । ४ हजार ८ सय ५० मत सहित गिरीले अग्रता बढाइरहँदा नेकपा एमालेका प्रह्लाद बहादुर कार्कीले २ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । नेकपा माअोवादी केन्द्रका  श्रीकृष्ण श्रेष्ठले १५५१ मत प्राप्त गरेका छन्।