चन्द्रागिरि नगरमा ३९८ जनाको उम्मेदवारी, मेयरमा ८ स्वतन्त्र सहित १८ जनाको दाबेदारी

काठमाण्डाै, वैशाख २० ।

करिब २ दशक पछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिनेको संख्या उल्लेखनीय देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने देशका ३४ जिल्लाका गाउँ तथा नगर पालिकाहरूमा मंगलबार विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले विभिन्न पदका लागि अाफ्नो मनोनयन दर्ता गराएका थिए ।

चन्द्रागिरि नगरपालिकामा विभिन्न ७७ पदका लागि ३ सय ९८ जना उम्मेदवारहरूको मनोनयन पत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार साँझसम्म विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले अा-अाफ्नो मनोनयन दर्ता गराएका थिए । जसमा २ सय ४४ पुरूष तथा १५४ जना महिला छन् ।

नगर प्रमुख (मेयर) मा ४  तथा उप प्रमुखमा ८ महिला उम्मेदवार छन् । विभिन्न राजनीतिक दलका १० तथा ८ स्वतन्त्र उम्मेदवार गरि कुल १८ जनाले चन्द्रागिरि नगरपालिकाको पहिलो मेयरका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।  उप-मेयरमा विभिन्न दलका ८ तथा २ जना स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।

विभिन्न राजनीतिक दल तथा केहि स्वतन्त्र गरि नगरका १५ वडाका अध्यक्षहरूका लागि ९० पुरूष तथा ४ जना महिला सहित ९४ जनाले अफ्नो नाम दर्ता गराएका छन् । महिला वडा सदस्य तथा दलित महिला वडा सदस्यमा विभिन्न राजनीतिक दलका १२७ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य तथा दलित महिला वडा सदस्यका कुल ७५ स्थानका लागि १ सय ४२ महिला र २ सय २८ पुरूष गरि ३ सय ७० जनाले दुर्इ दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा निर्वाचित हुने अकांक्षासहित चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृतको कार्यालय बलम्बूमा मनोनयन पत्र दर्ता गराएका छन् ।

को को छन् मेयर बन्ने दाउमा ?
स्वतन्त्र तर्फका उम्मेवारहरू

विमल श्रेष्ठ ४२, चन्द्रागिरि-५
कृष्णहरि बस्नेत ४७, चन्द्रागिरि-१४
निलकण्ठ पाैडेल ५०, चन्द्रागिरि-१०
राजाराम सुवेदी ४५, चन्द्रागिरि-१
नन्दकुमारी श्रेष्ठ ४०, चन्द्रागिरि-५
माधव रेग्मी ४९, चन्द्रागिरि-६
रामलाल श्रेष्ठ ४३, चन्द्रागिरि-५
विष्णुकुमार कार्की ४०, चन्द्रागिरि-१५

राजनितिक दल तर्फका उम्मेदवारहरू

अाशाकुमारी महर्जन ३१, चन्द्रागिरि-१२ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
श्रीकृष्ण श्रेष्ठ ५९, चन्द्रागिरि-४। नेपाल कम्युनिष्ट पार्टी (माअोवादी केन्द्र)
प्रल्हाद बहादुर कार्की (नेपाली) ५५,चन्द्रागिरि-५ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी)
सुमित्रा घिमिरे ५२, चन्द्रागिरि-१५ राष्ट्रिय जनमोर्चा
मदन थापा मगर ६०, चन्द्रागिरि-७ । राष्ट्रिय प्रजातन्त्र पार्टी
घनश्यम गिरी ५४, चन्द्रागिरि-३ । नेपाली काँग्रेस
गुणदास महर्जन ६०,चन्द्रागिरि-१२। नेपाल मजदुर किसान पार्टी
रामेश्वर गोपाली ५१, चन्द्रागिरि-३। नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
बिना गिरी ४७, चन्द्रागिरि-११। मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक),
रणजित चन्द्र प्रधान ४९, चन्द्रागिरि- ११। संघीय समाजवादी फोरम्र

को को छन् उप मेयर बन्ने दाउमा ?
स्वतन्त्र तर्फका उम्मेवारहरू

जयकृष्ण महर्जन ५९, चन्द्रागिरि- १५
अम्बिका देवी पाण्डे ५०, चन्द्रागिरि-१५

राजनितिक दल तर्फका उम्मेदवारहरू

अ. उर्मिला रोक्का २७, चन्द्रागिरि-१२ । नेपाल कम्युनिष्ट पार्टी (माअवादी केन्द्र)
लिशा नकर्मी ३०, चन्द्रागिरि-१२ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
रोशन दानी २६, चन्द्रागिरि-१३ । राष्ट्रिय जनमोर्चा
देवी भण्डारी (वस्ती) ३६, चन्द्रागिरि-१३ । राष्ट्रिय प्रजातन्त्र पार्टी
इन्द्रावति श्रेष्ठ ३६, चन्द्रागिरि-१४ । नेपाली कांग्रेस
श्रृजा थापामगर (श्रेष्ठ) २६, चन्द्रागिरि-४ । नेपाल मजदुर किसान पार्टी
मन श्रेष्ठ ४१, चन्द्रागिरि-५ । नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
मैँया महर्जन ४८, चन्द्रागिरि-९ । संघीय समाजवादी फोरम