चन्द्रागिरी नगरको पछिल्लो मतपरिणाम, ६ मा प्यानल १ मा मिश्रित नतिजा

चन्द्रागिरि ।

७ वटा वडाको मतपरिणाम सार्वजनिक हुँदा चन्द्रागिरि नगरका ६ वटा वडामा प्यानल सहितको र एक वडामा मिश्रित मतपरिणाम देखिएको छ ।

वडा नं. ७ मा नेपाली काँग्रेसका शम्भुकुमार केसीले वडाअध्यक्ष पदमा विजय हासिल गरेका छन्, महिला सदस्यमा काँग्रेसकै उमा कुमारी थापाले जित हात पार्दा दलित महिला सदस्य र खुल्ला सदस्य (२ स्थान) मा नेकपा एमालेका क्रमश सुलोचना परियार, कृष्ण कुमार राना मगर र महाविर खड्काले जित हासिल गरे ।

शम्भुकुमार केसीको फेसबुकबाट साभार गरिएको तस्विर ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा नेकपा एमालेका संजय सिग्देलले प्यानल सहित नतिजा अफ्नो पक्षमा पारे । नेपाली काँग्रेसका स्वयंम थापालार्इ १ सय १० मत अन्तरले पराजित गर्दै युवा उम्मेदवार सिग्देलले वडाध्यक्ष पदमा सहज जित प्राप्त  गर्न उनलार्इ ५९१ मत प्राप्त भयो ।

संजय सिग्देलको प्यानल । (सिग्देलको फेसबुकबाट लिएको तस्विर)

हालसम्म सार्वजनिक भएका मत परिणामहरूको विवरणका लागि यहाँ क्लिक गराैँ