चन्द्रागिरि नगरपालिकामा लक डाउन उल्लंघन गर्ने २९ जना नियन्त्रणमा

  • 8
    Shares

चन्द्रागिरि नगरपालिकामा लक डाउनको उल्लंघन गर्ने २९ जना ब्यक्ति   नियन्त्रणमा लिएको छ । लक डाउनको ५ ओं दिन प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको हो ।  

पसलहरु बन्द भइपनि केही ब्यक्तिहरु खुलेआम असुरक्षित तवरले घुमफिर गरेको पाइएपछि महानगरीय प्रहरी बृत्त थानकोट कार्यालय थानकोटले ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रशासनले चन्द्रागिरि नगरपालिका अन्तर्गतका नैकाप, तीनथाना, धौलागिरी आवास, सिभिल होम्स, मत्स्यगाँउ, मातातिर्थ, पाल्तेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभन्ज्याङ, नाँगढुंगाबाट लक डाउनको अवज्ञा गरी अनावश्यक रूपमा हिडडुल गर्ने २९ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई थप कारवाहीका लागि अगाडी बढाईने बताइएको छ ।   


  • 8
    Shares

Comments

comments