
- 314Shares
काठमाडौं, जेठ १३ गते । पछिल्लो परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको छ । यो अनुसार कुल संक्रमित संख्या ७७२ पुगेको छ ।
सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो ।
डा. देवकोटाका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्।
अब निको हुनेको कुल सङ्ख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।
- 314Shares
Comments
