काठमाडौँ-छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई बिहिबार र शुक्रबार (१६ र १७ गते) भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५ वटै जिल्लामा भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम तय गरेको हो ।

मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार करिब २७ लाख बालबालिका र तीमध्ये करिब २३ लाख एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका कारण हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बच्न सहयोग पुग्दै आएको राष्ट्रसङ्घीय बालकोष ९ युनिसेफ०को अध्ययनले देखाएको छ । रासस

Chandragirinews rocky दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम स्वास्थ्य    chandragiri
Chandragirinews careerad दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम स्वास्थ्य    chandragiri
Chandragirinews jebsad दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम स्वास्थ्य    chandragiri

Comments

comments