नेपालमा थप २२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो।


काठमाडौं, जेठ १९ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।  

पुरूष २१३ र महिला १३ जनामा संक्रमित भएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।  तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ। 


Comments

comments