नेपालमा ५ वर्षीय बालक सहित दुई जनाको मृत्यु, थप २७३ जना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुग्याे

  • 36
    Shares

काठमाडौं : नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।
शनिबार भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरस (कोभिड–१९) कै कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुष र बाराका एक बालकको कोरोनाकै कारण मृत्यु भएको शनिबार पुष्टि गरेका हुन्।  

प्रवक्ता गौतमका अनुसार पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको व्यवहारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।  जेठ २८ गते शव भेटिएपछि उनको स्वाब परीक्षण नारायणी अस्पतालमा गरिएको थियो।  शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।  

त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको समेत कोरोनाकै कारण मृत्यु भएको छ।  उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका बालकको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।  कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।  


  • 36
    Shares

Comments

comments