काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग मागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको बताए ।
बिभागको प्रस्तावलाई काठमाण्डौका प्रजिअले सहयोग गर्ने बताएका छन् ।

फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए ।

‘प्रहरी २४ घण्टा नै सार्वजनिक स्थानमा खटिएको हुन्छ । हामीले मात्रै नियन्त्रण्का लागि गरेको प्रयास सफल भएन,’ कुँवरले भने,’अब प्रहरीको सहयोग लिएर जथाभावी फोहोर फाल्नेलाई हामी कारवाही गर्छौं ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए ।

काठमाडौंमा नदीनाला, सडक, विभिन्न सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने प्रवृत्ति बढ्दो छ । त्यसले राजधानीमा बस्ने नागरिकको सभ्यतामाथि पनि प्रश्न उठ्ने गरेको छ भने नगर क्षेत्र प्रदुषित हुँदा स्वास्थ्य समस्या पनि बढिरहेको छ ।

Chandragirinews rocky सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई अब कडा कारबाही । किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल स्वास्थ्य    chandragiri
Chandragirinews careerad सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई अब कडा कारबाही । किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल स्वास्थ्य    chandragiri
Chandragirinews jebsad सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई अब कडा कारबाही । किसीपिँडी तीनथाना थानकोट दहचोक नैकाप नयाँ भन्ज्यांग नैकाप पुरानो भन्ज्यांग बलम्बु बाद भन्ज्यांग बोसिंगाउँ मछेगाउँ महादेव स्थान मातातिर्थ लंकोट वडा सतुंगल स्वास्थ्य    chandragiri

Comments

comments