मुलुकमा पछिल्लो सातादेखि स्वाइन फ्लु संक्रमणको उच्च त्रास देखिएको छ । स्वाइन स्वास प्रणालीको संक्रामक रोग हो । यस रोगबाट दुई जनाको ज्यान गएपछि अहिले त्रास बढेको छ । तर, डराई हाल्नु पर्ने अवस्था छैन, केही सावधानी चाही अपनाउनै पर्छ ।

यो रोग इन्फलुएन्जाको ‘ए’ प्रकारको भाइरसले गर्दा हुन्छ । यो भाइरस ‘एच१एन१’को नामले चिनिन्छ । एच१एन१को सक्रमण फैलाउनको लागि सुँगुर जिम्मेवार मानिएको छ र इन्फुएन्जा भाइरस जस्तै हुने भएकोले यसको बोलचालको नाम स्वाइन फ्लु भएको हो ।

यसको संक्रमणले सन २००९ मा महामारीको रुप लिएको थियो । विश्व स्वास्थ्य संगठन(डव्लुएचओ) ले १० अगस्त २०१० मा यो महामारी समाप्त भएको जनाएको थियो । हाल स्वाइन फ्लुलाई मौसमी रुघाखोकी कै रुपमा लिने गरिए पनि यो कहिले काहि कडा रुपमासमेत देखिदै आएको छ । हाल भारतको केहि स्थानमा समेत स्वाइन फ्लुको प्रकोप कै रुपमा देखिएको छ ।

संक्रमण भएको एकदेखि सात दिनसम्ममा स्वाइनको लक्षण देखिन सक्छ । लक्षण देखिएको एक दिन अघि करिव आठ दिनसम्म यो भाइरसको संक्रमणको खतरा हुन्छ ।

कसरी फैलिन्छ ?
स्वाइन फ्लु मौसमी रुघा–खोकी (इन्फुएन्जा) को भाइरस जस्तै स्वास प्रस्वासको माध्यमले एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । स्वाइनले रुघा–खोकीको भाइरस जस्तै फोक्सो, घाँटी नाकको कोषिकालाई प्रभावित गर्छ ।

संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स–साना कण/थोपाहरुको माध्यमले यो संक्रमण वातावरणमा फैलिन्छ ।

संक्रमित व्यक्तिको एक मिटर दुरीमा भएका स्वस्थ व्यक्तिले वातावरणमा फैलिएको भाइरससहितका पानीको कण स्वास प्रस्वासको माध्यमले आफनो शरिर भित्र ताने पछि स्वस्थ व्यक्तिमा रोग सर्छ ।

स्वाइन फ्लु संक्रमितले नाक हातले छोपेर हाच्छिउ गरेपछि ति व्यक्तिले जुन जुन ठाउँमा हात ले छुन्छ(ढोका, किवोर्ड, हैन्डिल, मेच आदि) त्यहाँ स्वाइनको भाईरस टाँस्सिन्छ । र त्यहाँवाट कुनै अन्य स्वस्थ व्यक्तिको हातमा लागेर भाइरस उसको शरिर भित्र प्रवेश गर्छ ।

लक्षण
स्वाइनमा रुघाखोकी जस्तै नाकवाट पानी वग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु, तिव्र ज्वरो देखिनु, औषधि खादासमेत ज्वरो नघटनु आदि लक्षणहरु देखिन्छ ।

यस्तै पखाला लाग्नु, वान्ता हुनु, घाँटीमा खसखस लाग्नु र यो बढ्दै जानु, तिव्र टाउको दुखाई, मांसपेसी दुख्नुसहित धेरै बढी थकाइ लाग्नु पनि यो रोगको लक्षण हो ।

के गर्ने ?
रुघाखोकी प्रकोपको रुपमा देखिएको ठाउँमा यो समस्या कडा रुपमा देखिए तुरन्त चिकित्सकीय सल्लाह लिनु पर्छ । हाल स्वाइन मुलुकको केहि ठाउँमा प्रकोप जस्तै देखिएकोले अलि कडा वा फरक रुपको समस्या देखिए ‘रुघा नै त होनी आफै ठिक होला’ भन्ने मान्यता नराखि एक पटक चिकित्सकीय सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

के नगर्ने ?
हात वा गला मिलाउनबाट बचौं ।
जताततै नथुकौं ।
चिकित्सकको सल्लाह विना आफू खुशी औषधि नलिउँ ।

सावधान रहनु पर्ने समुह
बुढापाका, ५ वर्ष मुनिका बालवालिका, गर्भवती महिला, मुट, फोक्सो, मृगौला, दम, पार्किन्सन्स, मधुमेही, स्नायु सम्वन्धि रोग भएकाहरु र कमजोर रोग प्रतिरोधक क्षमता भएकाहरु सजग हुनुपर्दछ ।

बचाउका उपायहरु
हाच्छिउँ गर्दा/खोक्दा टिस्यु पेपर वा सफा रुमालले नाकलाई छोपौं ।
छोप्दा प्रयोग भएका सामग्रीको उचित व्यवस्थापन गरौं ।
यस्ता वस्तु राम्ररी धोएर तथा सुकाएरमात्र पुन: प्रयोग गर्ने ।
खोक्दा तथा हााच्छिउँ गरेपछि साबुन–पानीले राम्ररी हात धुने ।
हात वा गला मिलाउनबाट बचौं, नमस्ते गरौं ।
बाहिरबाट घर फर्कदा सावुन पानीले हात धुने ।
व्यक्तिगत स्वछतामा बढी ध्यान दिने ।
आफनो घर, अफिसको ढोका ह्यान्डल, कि वोर्ड, मेचलाई सफा गर्दै रहौं ।
रुघा खोकीको लक्षण देखिए अरुलाई सर्न नदिने उपाय गरौं, जताततै नथुकौं ।
शरिरमा पानी र लवणको कमी हुन नदिन निरन्तर पानी/तरल पदार्थ खादै रहौं ।
Chandragirinews careerad स्वाइन फ्लुको संक्रमणबाट यसरी बच्न सकिन्छ स्वास्थ्य    chandragiri
Chandragirinews jebsad स्वाइन फ्लुको संक्रमणबाट यसरी बच्न सकिन्छ स्वास्थ्य    chandragiri

Comments

comments