आफुले प्रयोग गर्ने सवारी आपतकालीन सेवामा प्रयोग गर्न दिने चन्द्रागिरी नगरपालिका उप प्रमुख लिशा नकर्मीको घोषणा

काठमाडौं चैत्र १५। चन्द्रागिरी  नगरपालिकाकी उप प्रमुख लिशा नकर्मीले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको प्रयास भैरहेको समयमा कुनै पनि आपतकालीन अवस्था आएमा आफुले प्रयोग गर्ने  सवारी साधन  उपलब्ध गराउने  घोषणा गरेकी छन ।नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गरेको आवस्था कुनै आपतकालीन अवस्था र जनताको सेवाका लागि प्रहरी र जनप्रतिनिधिले आफ्नो सवारी साधन प्रयोग गर्न सक्ने घोषणा गरेकी उपप्रमुख नकर्मीले  यस समयमा सबैले सचेत बन्नु पर्ने बताएकी छन ।

चन्द्रा गिरि नगरपालिकाले विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस को जोखिम न्यूनीकरणको लागि छोटो समयमा  ब्यापक तयारी गरेको चन्द्रागिरि नगरपालिका उप प्रमुख लिशा नकर्मीले चन्द्रागिरी न्युज लाइ जानकारी गराइन। उनले कोरोना भाइरस  कोभिड १९ ले  प्रकोप बाट बच्नका लागि  विभिन्न तयारी गरिएको  जानकारी दिदै आवश्यक सहयोग गर्नका लागि नगरवासी तथा सामाजिक संघ संस्था संग अपिल गरेकी छिन।नगरपालिकाका बिभिन्न वडामा   दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको नगर उपप्रमुख सहितको टोलीले अनुगमन गरिनुको  साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराइन ।

उनले नगरपालिकाका  १५ वटै वडाका कार्यालयहरू वडा अध्यक्ष, स्वास्थ्यकर्मी सुरक्षाकर्मि खटिरहेको  जानकारी गराउदै नगरपालिका भित्र नेपाली सेना र नगरपालिकाको  सहकमर्यमा किट्नाशक औषधी कंलकी नागढुङ्गा र भित्री गल्लीहरूमा छर्ने काम भईरहेको जानकारी गराइन। सीमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै नगरपालिकाले अत्यावश्यक ठाउँमा किटनाशक औषधि छर्किने कामलाई निरन्तरता  दिने पनि बताइन।

नगरले कुनै पनि किसिमको आपतकालीन अवस्था परेको खण्डमा वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्नका लागि अनुरोध पनि गरेकी छिन। उनले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका निम्ति घरमै बसी नेपाल सरकार लगायत विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्न  अनुरोध गर्दै कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि आत्म संयम हुन र सचेतना अपाउन समेत सबैमा  अपिल गरेकी छिन ।

चन्द्रागिरि नगरपालिकाले नोवल कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन र शंकास्पद व्यक्तिहरुको चेकजाँचको लागि १५ शैयाको थानकोट प्राथमिक अस्पतालाई क्वारेन्टाइन अस्पताल बनाउन लागेको जानकारी गराउदै बलम्बुस्थित मनमोहन अस्पताललाई पनि कोरोना संक्रमण चेकजाँचका लागि करिब २ सय बेडको क्वारेन्टाइन तयार पार्न लागिएको बताइन ।

नगरपालिकाले आफ्नो मातहतको स्वास्थ्यकर्मीको सुरक्षा र नगरबासीको निरन्तर स्वास्थ्य सेवाको सहजीकरणको लागि आवश्यक PPE(पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) र अन्य सुविधाको व्यवस्था गरेको  जानकारी गराउदै उनले थानकोट प्राथमिक अस्पताललाई नगरप्रमुख र उप प्रमुखद्वारा PPE हस्तान्तरण गरिएको र  सबै स्वास्थ्य चौकीलाई PPE को व्यवस्था पनि  भइसकेको जानकारी गराइन । उनले नगरपालिकाले संकास्पद  कोरोना संक्रमित र अन्यलाइ छुट्टा छुट्टै   एम्बुलेन्सको व्यवस्था गरेको पनि जानकारी गराइन।उनले नगरपालिकाले विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिरहेको पनि जानकारी गराउदै नगरपालिकाले तयार पारेको लिस्टमा परेका व्यक्तिहरुलाई नगरले आफ्नो निगरानीमा राखेको पनि बताइन  । उनले नगरपालिका भित्र कुनै पनि त्यस लक्षणका बिरामी फेला नपरेका जानकारी दिदै  चन्द्रागिरी  नगरपालिका नगरबासीको   स्वास्थ्यमाथी निकै संवेदनशील र जिम्मेवार  रहेको बताइन ।

उनले आम नगरबासीलाइ सहयोगको लागि धन्यबाद दिदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि अनुरोध गरकी  छन् ।उप प्रमुख लिशा नकर्मीले सबै भन्दा राम्रो क्वारेन्टाइन स्थल आफ्नो घर नै भएको र कुनै विशेष अवस्था आएमा नगरपालिकाले सहयोग गर्ने बताइन  ।त्यस्तै यस विचमा नगरपालिकाका पसल वा अन्य सेवा उपलव्ध गराउने संस्थाले कुनै कालोबजारी वा अवान्छित गतिविधि गरेको खण्डमा  जनप्रतिनिधिलाइ खबर गर्न पनि अनुरोध गरेकी छिन । उनले दैनिकी उपभोग्य वस्तु फोन गरेको भरमा घरमा ल्याउने बाताबरण मिलाउन को लागि पहल  गरेको र सोहि अनुरुप अहिले वडाबाट लगत् संकलन अनि खाद्यान्न बितरण समेत  वडा वडा बाट सुरु भएको जानकरी गराइन।

उनले चन्द्रागिरी  नगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा हालसालै विभिन्न मुलुकबाट आएका नगरवासीको विवरण सार्वजनिक गरिएको र ति सबै नगरवासी अहिले  आ–आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा  बसिरहेको जानकारी दिदै  विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई नगरपालिकाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चेकजाँच गर्न पठाएको  पनि जानकारी दिईन ।