नेपालमा थप ८८५ मा कोरोना सङ्क्रमणको पुष्टि

११ भदौ, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणका ८८५ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ ।

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।