उपत्यकामा ४१५ जना सङ्क्रमित थपिए

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जना कोरोना संक्रमित थपिएको छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

विगत २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरि सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ।

चौबीस घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । बिहीबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ३७७ जना सङ्क्रमित पुष्टि भएको थियो ।